Saturday, April 18, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

हिमाल जोगाउने अभियानमा सिरिजंगा गाउँपालिका

ग्रीन इलाम ग्रीन इलाम
January 23, 2025
भित्र पत्रपत्रिकाबाट, पर्यटन-उड्डयन, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
हिमाल जोगाउने अभियानमा सिरिजंगा गाउँपालिका
Share on FacebookShare on Twitter

ताप्लेजुङ, १० माघ: दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबीच जलवायु परिवर्तनले पुर्‍याएको असर र न्यूनीकरण गर्ने सम्बन्धमा छलफल गरी हिमाल जोगाउने अभियान सञ्चालन गरिने पालिकाले जनाएको हो । सिरिजङ्घा गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमका अनुसार महोत्सवमा सरोकार भएका निकायका प्रतिनिधिसँग हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा अध्ययन, अवलोकन गरी अनुसन्धानमार्फत समस्या समाधानका विषयमा छलफल हुनेछ।

गाउँपालिकाको आयोजनामा पछिल्लो समयमा जलवायु परिवर्तका कारणले हिमाली क्षेत्रको प्रभावका विषयमा अध्ययन, अवलोकन गर्नुका साथै महोत्सवमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको उनले जानकारी दिए। कञ्चनजङ्घा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो । कञ्चनजङ्घा हिमाल हेर्न आउनेका लागि गाउँपालिकाले सङ्घीय र स्थानीय सरकारको साझेदारीमा साहसिक पदमार्ग निर्माणमार्फत यात्रा सहज र रमणीय बनाउने काम गरिरहेको प्रवक्ता गौतमले बताए । उनका अनुसार आगामी वैशाखमा आयोजना हुने महोत्सवमा निर्माणाधीन साहसिक पदमार्गको प्रचारप्रसार गर्ने, पर्यटन प्रवर्द्धनका साथै स्थानीय कला, संस्कृति र परम्परालाई चिनाउने उद्देश्य राखिएको छ।

महोत्सवमा चार हजार पाँच सय मिटर उचाइको सहसिक कञ्चनजङ्घा म्याराथुन प्रतियोगिता आयोजना गरिने प्रवक्ता गौतमले जानकारी दिए। गत मङ्सिर २३ गते बसेको कार्यपालिका बैठकमा महोत्सव आयोजना सचिवालय समितिले मिति र स्थान तय गरी पेस गरेको थियो । सोही बैठकले सर्वसहमतिका आधारमा आगामी वैशाख १३ गतेदेखि १५ गतेसम्म नयाँ झोडेनीमा महोत्सव गर्ने निर्णय गरेको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिए। उनले भने, ‘वर्ष नयाँको अवसर पारेर झोडेनीमा आयोजना हुने महोत्सवमा म्याराथुन प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गर्ने योजना छ।’ म्याराथुन प्रतियोगिताका लागि नयाँ झोडेनी र मछेवा बीचको दूरी कायम गरिएको उपाध्यक्ष माबोले बताए। यो स्थान कञ्चनजङ्घा हिमशृङ्खलाको सबै भन्दा उत्तम भ्यू पोइन्ट रहेको सिरिजङ्घा–८ का वडाध्यक्ष कृष्णकुमार गुरुङले बताए। उनका अनुसार गाउँपालिकाले गत कात्तिकमा निर्माणाधीन याम्फुदिनको आम्जि खोलाबाट कञ्चनजङ्घा बेस क्याम्पसम्मको साहसिक पदमार्गको अनुगमन गर्नुका साथै महोत्सव आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो। महोत्सव आयोजनाले कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन सहयोग पुर्‍याउने गाउँपालिकाले जनाएको छ। वडाध्यक्ष गुरुङका अनुसार झण्डेडाँडाबाट मकालुदेखि कञ्चनजङ्घासम्मका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ।

‘यो यहाँको मुख्य विशेषता हो । चौरी तथा याकको अवलोकन, नेपालको राष्ट्रिय फूल लालीगुराँस र हिमालले छपक्क छोपेको पहाड, पहाडको सिरैमा सेताम्मे हिमाल, हिमाली धुपी र सल्लाले यहाँको सौन्दर्यलाई थप आकर्षक बनाएको छ। यी सौन्दर्यले पर्यटकको थकान मेटाउने छ र मनोरञ्जन प्रदान गर्दछन्’, उनले भने। महोत्सव आयोजनाले आन्तरिक पर्यटकलाई हिमालको महत्व बोध गराई हिमाल हेर्न जान उत्साहित बनाउने विश्वास लिइएको गाउँपालिकाका प्रवक्ता गौतमले बताए। यो स्थानमा महोत्सव आयोजना गर्दा खर्च कम लाग्नुका साथै नजिकबाट धेरै हिमालको अवलोकन गर्न सकिने हुँदा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको उनले उल्लेख गरे।

रासस

ShareTweetPin
अघिल्लो समाचार

पाथीभरामा केबलकार निर्माण रोक्न राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन

अर्को समाचार

इलाममा खैरो हिरोइनसहित दुई व्यक्ति पक्राउ ‼️

अर्को समाचार
Bike लैजाउँ मात्रै नागरिकताको भरमा ‼️

इलाममा खैरो हिरोइनसहित दुई व्यक्ति पक्राउ ‼️

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.