इलाम, ५ चैतः नेपाल सरकारबाट आर्थिक वर्ष २०८२।८३ मा इलामका १० स्थानीय तहलाई करिब १ अर्ब १० करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान प्रदान गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको छ। वित्तीय समानीकरणतर्फ इलामका स्थानीय तहले कुल १ अर्ब ९ करोड ९८ लाख रुपैयाँ अनुदान पाउने छन्। जसमा सबै भन्दा बढी सुर्योदय नगरपालिकाले १६ करोड ३४ लाख रुपैंयाँ र सबै भन्दा कम सन्दकपुर गाउँपालिकाले ८ करोड ४० लाख रुपैंयाँ प्राप्त गर्नेछ ।
आयोगका अनुसार इलाम नगरपालिकाले न्यूनतम अनुदान ४ करोड ५० लाख, सुत्रमा आधारित ९ करोड ७४ लाख र कार्य सम्पादनमा आधारित ५५ लाख गरी कुल १४ करोड ७९ लाख अनुदान पाउने छ । सुर्योदय नगरपालिकाले न्यूनतम अनुदान ५ करोड, सुत्रमा आधारित १० करोड ६६ लाख र कार्य सम्पादनमा आधारित ६८ लाख गरी कुल १६ करोड ३४ लाख अनुदान पाउने छ । माई नगरपालिकाले न्यूनतम अनुदान ४ करोड ५० लाख, सुत्रमा आधारित ७ करोड ६ लाख र कार्य सम्पादनमा आधारित ५८ लाख गरी कुल १२ करोड १४ लाख अनुदान पाउने छ । देउमाई नगरपालिकाले न्यूनतम अनुदान ४ करोड, सुत्रमा आधारित ७ करोड २२ लाख र कार्य सम्पादनमा आधारित ५८ लाख गरी कुल ११ करोड ८० लाख अनुदान पाउने छ ।
त्यस्तै फाकफोकथुम गाउँपालिकाले न्यूनतम अनुदान ३ करोड ५० लाख, सुत्रमा आधारित ५ करोड ५७ लाख र कार्य सम्पादनमा आधारित ४८ लाख गरी कुल ९ करोड ५५ लाख अनुदान पाउने छ । माईजोगमाई गाउँपालिकाले न्यूनतम अनुदान ३ करोड ५० लाख, सुत्रमा आधारित ५ करोड ३८ लाख र कार्य सम्पादनमा आधारित ३९ लाख गरी कुल ९ करोड २७ लाख अनुदान पाउने छ । सन्दकपुर गाउँपालिकाले न्यूनतम अनुदान ३ करोड ५० लाख, सुत्रमा आधारित ४ करोड ४१ लाख र कार्य सम्पादनमा आधारित ४९ लाख गरी कुल ८ करोड ४० लाख अनुदान पाउने छ । माङसेबुङ गाउँपालिकाले न्यूनतम अनुदान ३ करोड ५० लाख, सुत्रमा आधारित ४ करोड ९४ लाख र कार्य सम्पादनमा आधारित ५२ लाख गरी कुल ८ करोड ९६ लाख अनुदान पाउने छ । चुलाचुली गाउँपालिकाले न्यूनतम अनुदान ३ करोड ७५ लाख, सुत्रमा आधारित ५ करोड ४७ लाख र कार्य सम्पादनमा आधारित ४९ लाख गरी कुल ९ करोड ७१ लाख अनुदान पाउने छ । रोङ गाउँपालिकाले न्यूनतम अनुदान ३ करोड ५० लाख, सुत्रमा आधारित ५ करोड ६ लाख र कार्य सम्पादनमा आधारित ४६ लाख गरी कुल ९ करोड २ लाख अनुदान पाउने छ ।