
झापाः प्रतिकूल मौसममा सुधार आएपछि झापामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार, झापामा ७५,४५९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ, जसबाट ३,८२,८१२ टन धान उत्पादन भएको छ।
यद्यपि, उत्पादन बढे पनि उत्पादकत्वमा कमी आएको छ। यस वर्ष प्रतिहेक्टर ५.०७ टन धान उत्पादन भएको छ, जुन विगतको तुलनामा केही कम हो। बढ्दो शहरीकरणका कारण खेतीयोग्य जमिन घट्दै गएको प्रमुख विष्टले जानकारी दिए। उनले बाँझो जमिनलाई खेतीमा परिणत गर्न जोड दिएका छन्। झापामा रञ्जित मुनसुली, सर्ना, कालो नुनिया, बहुगुणी २, र राधा १२ जस्ता धानका जातहरुको खेती भइरहेको छ।
इलाम ग्रीनको लागि निशान निरौलाको रिपोर्ट ।


