इलाम, १५ फागुनः दक्षिणी इलामको माई नगरपालिका-१ पाल्टार माईखोला पुल नजिकै पिकअप दुर्घटना हुदा कम्तिमा २२ जना घाइते भएका छन् । माई नगरपालिका-१ पाल्टार माईखोलाको पुलको गोलाईमा पिकअप पल्टिदा २२ जना घाईते भएका छन्। बिहीबार दिउँसो १ः१५ मा भएको दुघर्टनामा घाईतेहरुलाई माई अस्पतालमा उपचार पश्चात थप उपचारका बिर्तामोड तर्फ लगिएको छ । महमाईबाट दानाबारीतर्फ नेपाल मगर संघको एक कार्यक्रमबाट आउदै गरेका सहभागी लिएर आएको प्रदेश १-०२-००२च ४१९२ नम्बरको पिकअप सडक गोलाईमा पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ८ जनालाई थप उपचारका लागि बिर्तामोडतर्फ लगिएको छ । घाईतेहरु माई-७ का बासिन्दा भएको बताईएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ।
स्रोत/भिडियोः बिमल दहाल