Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलाम २ को उपनिर्वाचनमा रास्वपाको उम्मेदवारमा रमेश प्रसाईंको चर्चा

अर्जुन आचार्य, रातोपाटी

ग्रीन इलाम ग्रीन इलाम
February 28, 2024
भित्र मुख्य समाचार, राजनीति, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

विराटनगर । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि प्रतिनिधिसभा अन्तर्गत खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचनको मिति तोकिएको छ । उक्त निर्वाचनमा नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट को उम्मेदवार होला भन्ने चर्चा सुरु भएको छ । रास्वपाका एक नेताले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका रमेश प्रसाईंको चर्चा रहेको बताए । यसअघि रास्वपाले बैंकर अनिल केशरी, पत्रकार मिलन लिम्बू लगायतलाई उठाउने चर्चा हुँदै आएको थियो । रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रसाईंको नाम चर्चामा रहेको बताए । बुर्लाकोटीलाई रास्वपाले इलाम–२ को उपनिर्वाचनका लागि कमाण्डर तोकेर पठाएको छ ।

‘रमेश प्रसाईंलाई उठाउनु पर्छ भन्ने ठुलै जमात छ । उहाँ झापा बस्ने भएको कारण इलामसँगको सम्बन्ध पनि राम्रो छ । पार्टीभित्रका साथीहरुको सुझाव पनि छ । तर, पार्टीले रमेश प्रसाईंलाई उठाउने भन्ने कुनै मनस्थिति बनाएको छैन । सम्भवतः उपनिर्वाचनमा उहाँ उठ्नुहुन्न,’ बुर्लाकोटीले भने, ‘रमेश प्रसाईं हुँदा इलाममा चुनाव जितिन्छ भन्ने इलाममै साथीहरूको पनि कुरा छ ।’ उता, प्रसाईं आफैँ पनि सो क्षेत्रमा जनजाति उम्मेदवार उठाउनु पर्ने आफ्नो धारणा रहेको बताउँछन् । ‘मेरो व्यक्तिगत विचारमा पार्टी शत प्रतिशत समावेशी हुनुपर्छ । इलाम–२ को उम्मेदवार छनौट गर्दा त्यो निर्वाचन क्षेत्रका स्थानीयले अपनत्व ग्रहण गर्ने खालको उम्मेदवार छानिनुपर्छ भन्ने मेरो दृढ दृष्टिकोण हो । अझै स्पष्ट रुपमा भन्दा आदिवासी जनजाति समुदायको उम्मेदवार हुनुपर्छ भन्ने मेरो धारणा हो,’ उनले भने ।

आफ्नो व्यक्तिगत हितभन्दा संगठनको बृहत्तर हित हेर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको प्रसाईंले बताए । यद्यपि पार्टीले टिकट दिने निर्णय गरेको खण्डमा आफू जाने उनको भनाइ छ । ‘पार्टीको आधिकारिक निर्णय भएको होइन । सम्भावित नामको विषयमा छलफल भएको हो । त्यसक्रममा मेरो नाम पनि आएको भन्ने सुन्नमा आएको हो । म त्यो छलफलमा थिइनँ,’ उनले भने, ‘म पार्टीको निष्ठावान सदस्य हो । राजनीतिमा कुनै पनि व्यक्ति हामफाल्दा जनप्रतिनिधिको रुपमा उभिने सपना देखेको हुन्छ । पार्टीले निर्णय ग¥यो भने म जिम्मेवार सदस्यको हिसावले स्वीकार गर्छु ।’

उता, रास्वपा सहमहामन्त्री बुर्लाकोटीले पार्टीले गरेको अनौपचारिक सर्वेक्षणमा आफ्नो पार्टीले जित्ने दाबी गरे । ‘कुनै व्यक्तिको विषयमा मत सर्वेक्षण गरेको होइन । पार्टीको अवस्थाको विषयमा अनौपचारिक सर्वेक्षण ग¥यौँ । हाम्रो राम्रो अवस्था देखियो,’ उनले भने । रास्वपाले एमालेसँग तालमेल गर्ने भन्ने चर्चा चलिरहे पनि उनले त्यस्तो सम्भावना नरहेको बतए । ‘हाम्रो उम्मेदवारलाई समर्थन गर्ने अवस्था भए हामी समर्थन लिन्छौँ । तर, अरुलाई हामी स्वीकार गर्दैनौँ,’ उनले भने । इलाम–२ को उपनिर्वाचनका लागि यसअघि प्रतिस्पर्धामा रहेका एमाले र कांग्रेसका आन्तरिक कमिटीहरु चुनावलक्षित सांगठनिक तयारी गरिरहेका छन् । माओवादी केन्द्रले पनि यसपटक एक्लै  मैदानमा उत्रने जनाएको छ । पहिचानवादीहरु पनि यसपटक एकताबद्ध भएर जानेगरी लागेका छन् ।

एमाले स्रोतका अनुसार उक्त निर्वाचन क्षेत्रमा नेम्वाङका छोरा सुहाङ नेम्वाङको बढी चर्चा छ । यस्तै एमालेबाट नेताहरु उदय राई, उमेश गुरुङ, बुद्धि खनाल, रविन्द्र सुवेदीलगायतको चर्चा छ । एमालेको दह्रो आधार क्षेत्र रहेको उक्त निर्वाचन क्षेत्रमा चुनाव लड्न आकांक्षा राख्नेको ताँती नै रहेको स्थानीय बताउँछन् । उता, कांग्रेसबाट यसपटक पनि डम्बरबहादुर खड्का नै उम्मेदवार बन्ने सम्भावना छ । कांग्रेस इलामका सभापति समेत रहेका खड्का ०७९ को निर्वाचनमा नेम्वाङसँग थोरै मतले हारेका थिए । २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भए भने खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । यस्तै पहिचानवादीहरुको तर्फबाट १ नम्बर प्रदेश पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, केबी पालुङ्वा र लिम्बुवानका नेता कुमार लिङ्देन उम्मेदवारको आकांक्षी छन् । उता, आदिवासी जनजाति पत्रकार महासंघका महासचिव मिलन लिम्बूले भने आफू स्वतन्त्ररुपमा चुनावी मैदानमा उत्रने बताएका छन् ।

इलामको २ नम्बर निर्वाचन क्षेत्र पहिचानको आन्दोलनमा होमिनेहरुको प्रभाव क्षेत्र पनि हो । पहिचानवादीको आन्दोलनको अवस्था हेर्दा यसपटक कांग्रेस–एमालेलाई गाह्रो पर्ने देखिन्छ । तर, भोटको समयमा उनीहरूले के गर्छन् ? त्यो भने हेर्न बाँकी छ । यदि पहिचानवादीहरु एकताबद्ध भएको अवस्थामा चुनावी परिणामले धेरै बदलाव ल्याउन सक्ने स्थानीयहरु बताउँछन् ।

रातोपाटीबाट

ShareTweetPin
अघिल्लो समाचार

इलाम–२ मा उम्मेदवार चयन पार्टीको विधि, विधान र प्रक्रिया अनुसार हुन्छ : संयोजक खनाल

अर्को समाचार

माईजोगमाईमा भेटिएको शिशु ग्रहण गर्नको लागि सूचना जारी !!!

अर्को समाचार

माईजोगमाईमा भेटिएको शिशु ग्रहण गर्नको लागि सूचना जारी !!!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.