Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

झलनाथ प्रवृत्ति : सधैँ विरोधी, सधैँ सत्ताकांक्षी

किरण पौडेल

ग्रीन इलाम ग्रीन इलाम
October 19, 2023
भित्र मुख्य समाचार, राजनीति, लेख-विश्लेषण, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

काठमाडौँ– नेपाली राजनीतिमा अरूप्रति कडा कटाक्ष र आरोप लगाएर आफूलाई ‘अग्रगामी’ देखाउने चलन नयाँ होइन। नेपाली राजनीतिमा पनि राम्रा कामको जस आफूले लिने र नराम्रा कामको दोष अरूको थाप्लोमा लगाइदिने प्रवृत्ति पुरानै हो।

नयाँ दल होस् वा पुरानो, युवा होस् वा पाका जीवनकालभर आरोप खेप्नुपर्ने प्रवृत्ति संस्कृतिजत्तिकै मौलाएको छ। कतिपय नेताले त आफूलाई उच्च चरित्र र नैतिक लाभ लिने दाउमा आफ्नै पार्टी वा नेताको खुलेआम विरोध गर्छन्। विशेषतः कम्युनिस्टहरू यो मामिलामा अगाडि छन्।

उनीहरू सँगै रहँदा प्रशंसामा रमाउने र छुटेपछि विगत बिर्साउने गरी विरोध गर्न पछि पर्दैनन्। राजनीतिक नेताहरूले नयाँ पुस्तालाई यस्तैयस्तै प्रवृत्ति हस्तान्तरण गरिरहेका छन्।

विरोध, आलोचना र फरक मतबाट शक्ति चिहाइरहेका नेतामध्ये एक हुन् झलनाथ खनाल। सैद्धान्तिक र वैचारिक नेता दाबी गर्ने खनाल पछिल्लो समय यस्तै कार्यकलापमा व्यस्त देखिन्छन्।

खनाल एकीकृत समाजवादीका दोस्रो वरीयता अर्थात् सम्मानित नेता हुन्। पार्टीमा भएका नराम्रा कामको अपजस वा दुष्परिणामको भागीदार उनी पनि हुनुपर्ने हो। तर खनाल त्यो मान्न तयार छैनन्।

उनी सकेसम्म पार्टी अध्यक्ष माधवकुमार नेपालको विरोध गर्न रुचाउँछन्। अहिलेकै स्थितिमा पार्टीलाई अगाडि बढाउन नसकिने बताउँदै नेतृत्वले सुझबुझ तरिकाले काम गर्न नसकेको खनालको टिप्पणी छ। यसको अन्तर्य हो खनालको नेतृत्वमा पुग्न चाहना।

भूमिका नबुझेका खनाल

भूमिगत, जेलजीवन, सशस्त्र संघर्ष र शान्तिपूर्ण राजनीतिक यात्राको पाँच दशक पार गरेका खनालसँग पार्टी अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको अनुभव छ। उनी पूर्वप्रधानमन्त्रीमध्ये सबैभन्दा लो प्रोफाइलका नेता भनेर चिनिन्छन्।

अन्तर्राष्ट्रिय कानुनमा समेत अब्बल खनालको एउटै भाषणमा कम्युनिजमका हरेक विषयमा व्याख्या गर्न सक्ने कौशल छ। भूमिगतकालीन संघर्षबाट आएका उनी हरसमय पठनपाठनमा रुचि राख्छन्। २५ सालमा पार्टीको सदस्यता लिई राजनीतिमा संलग्न भएका उनी पञ्चायत कालमै तत्कालीन नेकपा मालेको महासचिव बनेका हुन्।

जानकारहरूका अनुसार २०४६ सालमा आइपुग्दा अर्का नेता मदन भण्डारीको राजनीतिक प्रभावसामु खनाल कमजोर बन्न पुगे। भण्डारीले पार्टीको चौथो महाधिवेशनपछि जनताको बहुदलीय जनवाद (जबज) को विचार पार्टीमा ल्याएका थिए। खनालले भण्डारीको जबजकै विरोध गरे। जबजलाई उनलाई ‘दक्षप्रजापतिको टाउको’ को संज्ञा दिएका थिए।

खनालले ‘जनताको नौलो जनवाद’ को सिद्धान्त ल्याए। तर उनको दस्ताबेज अधिवेशनले स्वीकारेन। ‘भण्डारीको निर्णयको विरोध गर्न सक्ने अवस्था थिएन। यही कारण प्रतिवेदन पारित भएन’, पुराना कम्युनिस्ट नेता सीपी मैनाली भन्छन्, ‘खनाल कमरेड र भण्डारी कमरेडबीच सिद्धान्तका लागि चुनाव भयो। खनालको सिद्धान्त अस्वीकार भएको थियो।’

पार्टीले भण्डारीकै जबजलाई अगाडि बढाउने निर्णय गर्‍यो। खनालले ‘फरक मत’ राखे। त्यसपछि एमालेमा खनाल कमजोर बनिरहे। पाँचौँ महाधिवेशनबाट मदन भण्डारी नै पार्टीको शक्तिमा फर्किए। खनाल पक्ष भने कमजोर बनिरह्यो। छैटौँ महाधिवेशनबाट माधवकुमार नेपाल महासचिव बने। ‘मदन भण्डारीको आकस्मिक निधनपछि नेपाल शक्तिमा आए,’ मैनाली भन्छन्, ‘नेपाल भण्डारी समूहकै नेता थिए।’

पार्टीमा नेपाल र खनालबीच त्यति राम्रो सम्बन्ध बनेन। सातौँ महाधिवेशनबाट पनि नेपाल नै महासचिव बने। आठौँ महाधिवेशनमा खनाल पार्टीको नेतृत्वमा फर्किए।

संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन नेकपा माओवादी पहिलो, नेपाली कांग्रेस दोस्रो हुँदा एमाले तेस्रो भयो। पार्टीले चुनाव हारेको भन्दै नेपालले महासचिवबाट राजीनामा दिएपछि खनाललाई नेतृत्वमा पुग्न सजिलो भएको थियो।

महाधिवेशनमा खनालको टक्कर केपी शर्मा ओलीसँग थियो। आठौँ महाधिवेशनबाट अध्यक्ष बनेका खनाल त्यसलगत्तै प्रधानमन्त्री बने। उनको पद लामो समय टिकेन। पार्टीको नवौँ महाधिवेशनमा भने उनी पार्टीबाट अध्यक्ष उठ्नै नसक्ने अवस्थामा पुगे। त्यसकारण उनले आफ्ना पुराना प्रतिस्पर्धी ओलीलाई समर्थन गर्न बाध्य भए।

महाधिवेशनमा ओली र नेपाल भिडे। नेपालले हारे भने ओलीले जिते। ओलीले चुनाव जित्नुमा खनाल र वामदेव गौतमको भूमिका अत्यन्तै महत्त्वपूर्ण रह्यो।

‘मैले ओलीलाई अध्यक्ष बनाउन धेरैथोक त्यागेको छु। ओली जसरी पनि अध्यक्ष बन्नुपर्छ भनेर अघि बढे’, कम्युनिस्ट नेता वामदेव गौतम सम्झन्छन्, ‘ओली नलडेको भए म नै अध्यक्षको आकांक्षी हुन्थेँ। तर म ओलीलाई नै अघि बढाउन चाहन्थेँ। म उपाध्यक्षमा लडेँ।’

दुवैले ओलीलाई साथ दिँदा दुई कार्यकालका महासचिव नेपाल हार्न पुगे। त्यसबेला एमालेमा दुई धार (केपी शर्मा ओली र माधव नेपाल) जन्मिसकेको थियो। यसअघिसम्म नेपाल र ओली एउटै गुटमा थिए। उनीहरू आफूलाई मदन भण्डारीको उत्तराधिकारी ठान्थे।

दुई गुटमा खनाल सधैँ निर्णायक बन्थे। उनले यसबेला नेपाल र ओलीबीच खेलेर अन्य लाभ लिन सक्थे। तर उनले त्यसो गरेनन्। यसै कारण एमालेमा खनाल कमजोर बने। पार्टीमा उनको पक्षमा खास नेता थिएनन्। यही कारण ओलीले सधैँ आफ्नो पक्षमा खेल्ने काम गर्थे। अध्यक्षमा ओली निर्वाचित बनेसँगै एकाधिकार जमाउन थाले।

ओलीले एकाधिकार जमाउन खोज्दा नेपाल-खनाल बिच्किन्थे। तर एकपक्षलाई नजिक बनाएर ओलीले पार्टी चलाउन थाले। यत्तिकैमा ओलीले २०७४ मा ‘वामपन्थी एकता’ भन्दै माओवादी केन्द्रसँग गठबन्धन गरे। चुनावअघि गठबन्धन र पछि एकता गर्ने मोटामोटी सहमति भयो। नेकपा कालमा ओली र प्रचण्ड अध्यक्ष बने भने नेपाल दोस्रो स्तरको नेता बन्न पुगे। पार्टीमा वरीयताका हिसाबले नेपालभन्दा खनाल वरिष्ठ हुन्। तर ओलीले नेपाललाई अघि बढाए।

खनाल नेपाल र ओलीको ओलोचनामा उत्रिए। ओलीले भने खनाल र नेपालबीच खेल्न छाडेनन्। नेपाल पनि ओलीसँग असन्तुष्ट भएपछि ओलीले खनाललाई दोस्रो स्तरको नेता बनाए। खनालले यसबेला ‘आफूलाई न्याय मिलेको’ बताएका थिए। उनी त्यसबेला ओलीतिर नजिक बने। तर ओलीको शैलीको विरोध गर्न छाडेनन्।

नेकपाको सचिवालयमा समेत खनाल प्रचण्डपट्टि देखिन्थे। माधव नेपाललाई भने सधैँ द्वेषको व्यवहार गर्थे खनाल। तर ओलीले संसद् विघटन गर्दा भने खनाल विपक्षमै खुले। नेपाल एमालेबाट बाहिरिँदा खनालले नेपाललाई नै साथ दिए।

समाजवादीमा सुरुदेखि फरक मत

ओलीले राजनीति सिध्याउन खोजेको आरोप लगाएर नेपाल र खनाल एमालेबाट बाहिरिए। यसबेला खनाल उपचारका लागि भारतमा थिए। तर उनी नेपाल पक्षमै खुले। २०७८ भदौमा एकीकृत समाजवादी बन्दा खनाल दोस्रो स्तरका नेता बने।

ओलीको शैलीलाई विरोध गरेका उनीहरू पार्टी निर्माणमा लागे। तर नेपाल-खनालबीचकै वैमनश्यका कारण पार्टी अघि बढ्न सकेन। पार्टीको पदाधिकारी निर्माणमा होस् वा सैद्धान्तिक विषयमा सधैँ नेपाल-खनाल पक्षबीच जुहारी चल्दै आएको छ।

खनाल पार्टीका परराष्ट्र नीतिका विषयमा नेपालसँग असन्तुष्ट हुन्छन्। उनी बैठकमा माधव नेपालको विषयमा खण्डमा उत्रिन्छन्। नेपालले पार्टीमा प्रस्तुत गरेका प्रतिवेदनमा समेत खनाल सधैँ फरक मत राख्दै आएका छन्।

‘पार्टीभित्रको लोकतन्त्र बचाउन म फरक मत राख्ने गर्छु,’ खनाल भन्छन्। उनी पछिल्लो समय पार्टीले बाँडफाँट गरेको जिम्मेवारीका विषयमा समेत चर्को विरोधमा छन्। खनालले नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) लाई स्वीकार्नै नसकिने बताए।

खनालकै कारण नेपालले अपानि फिर्ता गर्न बाध्य भए। एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार खनालले पार्टी बैठकमा अपानि नेपालले बन्दकोठामा निर्माण गरेको भन्दै विरोध गरेका थिए।

सत्ता गठबन्धन र समाजवादी मोर्चाको विरोध

खनालसमेतले ओलीको विरोध गर्दै विपक्षी गठबन्धन बनाएका थिए। पाँचदलीय गठबन्धन बनाउँदाका साक्षी खनाल थिए। ओलीलाई प्रधानमन्त्रीबाट बाहिर्‍याउन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खनाल पनि सक्रिय भए।

अहिले सोही गठबन्धन सत्तामा छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि नेपाल र देउवा प्रधानमन्त्री बन्ने मोटामोटी सहमति पनि छ।

पछिल्ला दिनमा खनाल भने अहिलेको गठबन्धनकै विरोधमा छन्। उनी यो गठबन्धनमा कांग्रेससमेत सहयोगी भएकाले तत्काल गठबन्धन तोड्नुपर्ने बताउने गरेका छन्। ‘कांग्रेस पुँजीवादी पार्टी हो। कांग्रेसको पछि लागेर समाजवादी यात्रामा पुग्न सकिन्न’, उनी भन्छन्।

नेपाल भने कांग्रेसबिनाको सरकारको कल्पना गर्न नसकिने बताउँदै आएका छन्। खनाल यस विषयको विरोध गर्दैै वाम गठबन्धन बनाएर अघि बढेमात्र समाजवादी यात्रा सफल हुने बताउँछन्। ‘कांग्रेसबाट समाजवादी यात्रामा पुग्छु भन्नु उल्टो बाटो हो। कहिल्यै सम्भव छैन’, खनाल भन्छन्।

खनाल सत्ता गठबन्धनको मात्र होइन, समाजवादी मोर्चाकै पनि विरोधमा छन्। समाजवादमा पुग्ने लक्ष्य भन्दै केही समयअघि माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा (विप्लव) र जनता समाजवादी पार्टी (जसपा) को समाजवादी मोर्चा बनेको छ।

मोर्चा उद्घाटनमा खनालसमेत हातेमालो गरेर उभिएका थिए। तर उनी अहिले मोर्चाकै विरोधमा छन्। उनी समाजवादी मोर्चा बिलकुल सत्ता टिकाउन र सत्ता थमाउन मात्र बनेको सुनाउँछन्। ‘यो अहिले सत्तामा भएका दलहरू सत्तामा टिकिरहन मोर्चा बनाएका हुन्। यसी समाजवादमा पुगिँदैन’, खनाल भन्छन्।

उनी समाजवादमा पुग्नका लागि सत्तायात्राको सोच त्याग्नुपर्ने बताउँछन्। त्यसैले पछिल्लो समय खनाल मोर्चाको कार्यक्रममा सहभागी हुन छाडेका छन्।

एमसीसीको विरोध

खनाल लामो समयदेखि एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) को विरोधमा छन्। उनले एमसीसीलाई अमेरिकाको विस्तरावादका रूपमा चित्रण गरेका छन्। पछिल्लो समय त आफूले एमसीसीको विरोध गरेकै कारण प्रतिनिधिसभा निर्वाचनमा हराएको दाबी खनालको छ। खनाल २०७९ को निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट हारेका थिए। यसअघि लगातार चुनाव जित्दै आएका व्यक्तित्व हुन् खनाल।

खनालले संसद्‌बाट एमसीसी अनुमोदन हुने बेलामा चर्को विरोध गरेका थिए। व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्दा पनि खनाल असन्तुष्ट थिए।

समाजवादीका तत्कालीन मन्त्रीहरू एमसीसीका पक्षमा उभिए। तर पार्टी नेतृत्व विपक्षमा उभियो। खनाल र नेपाल एमसीसीको विपक्षमा उभिएका कारण झन्डै पार्टी विभाजनमा पुगेको थियो। उनी अहिले पनि एमसीसीका कारण देशमा कलंकको भागीदार बनेको दाबी गर्छन्।

माओवादीसँगको एकताको विषयमा विरोध

कुनै बेला समाजवादीमा एकताको विषय ठूलै रूपमा चर्किएको थियो। पार्टीको साख बढाउन अन्य कम्युनिस्ट घटकसँग एकता गर्ने कुरा अध्यक्ष माधवकुमार नेपालले उठाउँदै आएका थिए। नेपालले जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीच एकता प्रस्तावसमेत गरेका थिए।

खनालकै विरोधका कारण माओवादीसँग एकता गर्ने सूत्र नै समाजवादीको टुट्यो। ‘तत्काल हामी कसैसँग एकता गर्दैनौँ। पार्टी निर्माणमा लाग्छौँ’, उनले यसो भन्दै एकता प्रक्रियालाई तुहाइदिए। तत्कालका लागि माओवादीसँगको एकताको विषय नै सकिएको छ। खनाल अब माओवादी नेतृत्वको सरकारको पनि विरोध गर्दै आएका छन्।

वामदेव प्रवेशमा खनालकै असन्तुष्टि

एकपटक समाजवादीमा वामदेव गौतम प्रवेश गरिहाल्ने विषय चर्चामा आयो। अवसरको लाभ लिन चतुर मानिने गौतमले पनि प्रवेश गर्ने विषयलाई राम्रै गरी अघि बढाए। पार्टीको तेस्रो वरीयताको नेताका रूपमा समाजवादी प्रवेश गर्ने तयारी गौतमको थियो।

यसका लागि लगभग मितिसमेत तय भएको थियो। तर एकाएक वामदेव प्रवेशको विषय रोकियो। यसमा खनालले बैठकमै वामदेवको विरोध गरेका थिए। पार्टीको चर नबनेका अवस्थामा कसैलाई भित्र्याउन नसकिने भन्दै खनालले विरोध गरेका थिए।

हुन त गौतम र खनाल सैद्धान्तिक रूपमा पनि अलग छन्। गौतम समाजवादी निर्माणकै समयमा प्रवेश गर्न चाहन्थे। गौतम र प्रदीप नेपाल माधव नेपालसँग सुमधुर सम्बन्ध भएका नेता मानिन्छन्। तर पार्टीको मार्गदर्शक सिद्धान्त जबज समाजवादीले हटाएसँगै प्रदीप नेपाल र गौतम प्रवेश गर्न सकेनन्।

पार्टीको सिद्धान्त खनाल आफैँले बनाएका थिए। उनले जबजलाई मार्गदर्शक सिद्धान्तबाट हटाएका कारण पार्टी प्रवेश कार्यक्रम हट्यो। ‘हो, मैले समाजवादी प्रवेश गर्ने तयारी पनि गरेको थिएँ। तर सिद्धान्तमा जबज नभएपछि अघि बढ्न सकिनँ’, गौतम भन्छन्। खनालकै असन्तुष्टिका कारण वामदेवको समाजवादी प्रवेश गर्ने रहर बिलायो।

विरोध गरेरै गुट निर्माण

समाजवादीमा खनाल जति आलोचना गरिरहेका छन्, उनी गुट निर्माणमा पनि उत्तिकै लागेका छन्। समाजवादी निकट एक नेताका अनुसार खनाल नेपालको शैलीलाई चिरेर पार्टी बहुमत आफ्नो पक्षमा घुसाउन चाहन्छन्।

समाजवादीमा अहिले खनाल र नेपालबीच उस्तो खुलेका नेता छैनन्। तर आउँदै गरेको महाधिवेशनसम्ममा कित्ताकाट गराउने पक्षमा खनाल लागेका छन्। पदाधिकारीका नेतासमेत कतिपय खुलेका छैनन्। खनाल सधैँ आफ्नो बहुमत रहेको दाबी गरिरहेका छन्। यता नेपाल पनि बहुमतको धाक दिने गर्छन्। पार्टीभित्र नेपाल लचक मानिन्छन्।

सामान्यभन्दा सामान्य विषयलाई छलफलमार्फत अघि बढाउने नेपाल सबै मन बुझ्न खोज्छन्। तर समाजवादीमा खनाल ‘हार्डलाइनर’ हुन्। यता खनालले पछिल्लो समय भ्रातृ संगठनमा समेत वर्चस्व कायम गर्दै लगेका छन्। भ्रातृ संगठनमध्ये सबैभन्दा सक्रिय संगठन अनेरास्ववियूमा खनाल निकट आरती लामा निर्वाचित बनेकी छन्।

यसअघि नेपाल पक्ष सुदेश पराजुली अध्यक्ष थिए। खनाल आफैँ लागेर आरतीलाई अध्यक्षमा ल्याएका छन्। युवा संगठनमा पनि खनालकै वर्चस्व छ। यसअघिका युवा संघका अध्यक्ष खनालपक्ष नरेश शाही थिए। उनी सुदूरपश्चिम प्रदेशको मन्त्री बनेलगत्तै कृष्ण विकलाई कार्यवाहक दिएका थिए। शाही संयोजक बन्दा विक र नितेज पौडेल सहसंयोजक थिए। तर शाहीले जुनियरलाई अध्यक्ष दिएको भन्दै पौडेल पक्षले विकको विरोध गर्‍यो। संगठनभित्र समानान्तर कमिटी बन्यो। शाही र पौडेल पक्ष भएर एकैदिन कमिटी बन्यो। हालसम्म पनि विवाद साम्य भएको छैन।

समाजवादी निकट स्रोतका अनुसार सहसंयोजक तोकिएका पौडेल अध्यक्ष नेपालका भान्जा हुन्। नेपालले आफ्ना भान्जा अघि बढाउन खोज्दा खनाल पक्षले हस्तक्षेप गरेको थियो।

अध्यक्षको दौडमा खनाल

एकीकृत समाजवादी निकट स्रोतका अनुसार खनाल आउँदो अधिवेशनबाट अध्यक्षमा उठ्न खोज्दैछन्। यही कारण अध्यक्ष नेपालविरुद्ध उभिएर शक्ति प्राप्त गर्ने उद्देश्यमा छन्। उनी आफू अध्यक्षको उम्मेदवार बन्ने सीधै बताउँदैनन्। तर पार्टीमा आइपर्ने जिम्मेवारी पूरा गर्ने अभिव्यक्ति दिन्छन्।

‘कम्युनिस्ट कार्यकर्ता भएपछि आएको जिम्मेवारी निर्वाह गर्नुपर्छ,’ खनाल भन्छन्। तर उनी आफू निकट नेताहरूसँग खुलेर बताइरहेका छन्। अहिलेको समाजवादीको जागरण अभियानमा समेत खुलेर लागेका छन्।

अबको अध्यक्षका लागि नेपालसमेत आकांक्षी छन्। आउँदो माघमा हुने अधिवेशनमा नेपाल-खनालबीच टकराव हुने देखिन्छ। खनाल नेपालभन्दा अब्बल देखिन पनि विरोधमा उत्रिएको समाजवादी निकट नेताहरू सुनाउँछन्।

खनालले आफ्ना निकटस्थ नेताहरूसँग नेपालबाट पार्टी चल्न नसक्ने बताउँदै आएका छन्। ‘लिडरसिप’ क्षमता कमजोर भएकाले आफू नेतृत्वमा लड्न खोजेको खनालको भनाइ छ।

उनी पछिल्लो समय प्रतिनिधिसभा सदस्य बन्नसमेत चाहिरहेका छन्। संसद् नभएकै कारण आफू कमजोर भएको आभास गरेका उनी संसद् बन्ने घुमाउँरो बाटो रोज्दै गरेका उनी निकट नेताहरू सुनाउँछन्। समाजवादी नेताहरूको भनाइअनुसार खनाल इलाम २ को रिक्त स्थानबाट समेत चुनाव लड्ने तयारीमा छन्।

आफ्ना पूर्वसहकर्मी सुवास नेम्वाङको निधनपछि सोही ठाउँबाट उठ्ने योजनामा खनाल रहेको उनीनिकट नेताहरू भनाइ छ। ‘हो, उहाँ अहिले चासो देखाइरहनुभएको छ। समय धेरै भएकाले अहिले भन्न सकिने अवस्था छैन’, एक नेताले भने।

अहिले इलाम-२ मा एमालेबाट उठ्ने उपयुक्त उम्मेदवार पनि छैन। यही मौकामा एमालेको साथ लिएर खनाल सांसद बन्ने दाउमा छन्। एमाले कोशीका नेता हिक्मत कार्कीसमेत राष्ट्रिय स्तरमा सहमति भए खनाललाई उठाउन आफूहरू तयार रहेको बताउँछन्।

ShareTweetPin
अघिल्लो समाचार

इलाम नगर कला, साहित्य प्रतिष्ठानका संयोजक एवम् साहित्यकार प्रकाश थाम्सुहाङले ल्याए ‘शब्दथुम’

अर्को समाचार

इलामको पर्यटकिय स्थल सन्दकपुरमा टेलिकमको बिटिएस जडान

अर्को समाचार

इलामको पर्यटकिय स्थल सन्दकपुरमा टेलिकमको बिटिएस जडान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.