Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

सस्तो मूल्यमै भारत जाँदै नेपाली चिया

निर्यात नै प्रभावित भएकोमा भारतीय व्यवसायीहरूको चिन्ता !!!

ग्रीन इलाम ग्रीन इलाम
September 21, 2023
भित्र अर्थ, पत्रपत्रिकाबाट, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

निकेश खत्री
काठमाडौँ । भारतीय व्यवसायीहरु नेपालबाट आयात हुने सस्तो मूल्यको चियाले समग्र भारतीय निर्यात नै प्रभावित बनेको बताउन थालेका छन् । ‘बिजनेस स्ट्यान्डर्ड’मा प्रकाशित समाचारमा नेपालको सस्तो चियाका कारण चिया निर्यात नै प्रभावित भएको भारतीय व्यवसायीहरूले बताएका हुन् । भारतको पश्चिम बंगालको दार्जिलिङ र अन्य स्थानमा ठुलो मात्रामा चिया खेती हुँदै आएको छ । चीन, श्रीलङ्का र केन्यापछि भारत विश्वको चौथो ठुलो चिया निर्यातक राष्ट्र हो । उत्पादनका हिसाबमा विश्वको दोस्रो स्थानमा रहेको भारतले अधिकांश चिया स्वदेशमै खपत गर्छ ।
पछिल्लो समय आयातकर्ताको मापदण्डअनुसार बगानलाई ‘अर्ग्यानिक’मा परिणत गर्दा चिया उत्पादन नै घटेको छ । उत्पादन घटेपछि चिया निर्यातसमेत प्रभावित बन्छ । तर, भारतीय चिया व्यवसायीले नेपालको सस्तो उत्पादनका कारण आफ्नो बजार प्रभावित बनेको बताउन थालेका छन् । सस्तो मूल्यमा पाइने नेपालको उत्पादनका कारण भारतीय उत्पादन बिक्न छाडेको भारतीय व्यवसायीको भनाइ छ । ‘विकल्पका रूपमा रहेको छिमेकी नेपालको सस्तो उत्पादनले भारतीय चियाको बजार खस्केको छ,’ समाचारमा उल्लेख छ, ‘दार्जिलिङको चियाको भविष्य अन्धकार देखिँदैछ ।’
आर्या टी स्टेट दार्जिलिङका प्रबन्धक शुभाषिस रोय नेपालको उत्पादनका कारण हजारौँ भारतीय मजदूरले पूर्णरुपमा रोजगारी गुमाउने खतरा बढ्दै गएको बताउँछन् । हाल दार्जिलिङमा ८७ चिया बगान छन् । र, यी बगान १७ हजार ८०० हेक्टरमा फैलिएका छन् । यस्तै, सन् २०२२ मा ६ हजार ६४० टन चिया उत्पादन भएको थियो । यो चियालाई भारतीयले अर्ग्यानिक दाबी गर्दै आइरहेका छन् ।

जबकि, सन् २०१९ मा दार्जिलिङमा ७ हजार ७९० टन चिया उत्पादन भएको थियो । तर, विश्वभरका भारतीय चिया खरिदकर्ताले दार्जिलिङको चियामा अत्यधिक रासायनिक मल प्रयोग गरेको आरोप लगाएका थिए । यसपछि भारत सरकारले आफ्नो उत्पादनलाई खरिदकर्ताको मापदण्डअनुसार ‘अर्ग्यानिक’मा ढाल्ने निर्णय गरेको थियो । जसबाट करिब ४० प्रतिशतले उत्पादन घटेको बताइन्छ ।
दार्जिलिङको रिङटोङ चिया बगानका लगानीकर्ता सञ्जय चौधरी बगानलाई अर्ग्यानिक बनाउने निर्णय गरे यता ४० प्रतिशतले उत्पादन खस्केको बताउँछन् । सन् २०१७ मा २५१ मिलियन किलोग्राम चिया निर्यात भएकोमा सन् २०२२ सम्म आइपुग्दा २२६ मिलियन किलोग्राम चियामात्रै निर्यात भएको तथ्याङ्क छ ।
नेपाल चिया उत्पादक संघका महासचिव सुरेशकुमार अग्रवाल नेपालमा गत वर्ष आन्तरिक मागभन्दा दोब्बर बढी चिया उत्पादन भएको बताउँछन् । अग्रवालले भने, ‘गत वर्ष नेपालमा आन्तरिक खपतको तुलनामा दोब्बरले चिया उत्पादन भयो ।’ जसकारण नेपालको उत्पादन सस्तोमा भारतको सिलिगुढी लगेर बेच्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
भारतको सिलिगुढीका व्यापारीहरूले सस्तो मूल्यमा नेपालबाट चिया किन्ने गरेका छन् । तर, भारतको संघीय र प्रदेश सरकार तथा व्यावसायिक छाता संगठनले भने नेपाली सस्तो चिया नकिन्न अनौपचारिक उर्दी जारी गर्छन् । यद्यपि, सस्तो मूल्यमा किनेको चिया महँगोमा बेच्न पाउने भएकाले भारतीय व्यापारीले नेपाली चिया किन्दै आएका छन् ।
तर, नेपालमा उत्पादित चिया भारतबाहेक तेस्रो मुलुकमा बिक्रीका लागि विभिन्न समस्या छन् । भू–परिवेष्ठित मुलुक भएकाले नेपालको ‘लजिस्टिक कस्ट’ नै महँगो छ । यस्तै, नेपालमा न्यून मात्रामा उत्पादन हुने भएकाले विदेशी आयातकर्ताले मागेजति ठुलो परिमाणमा चिया निर्यात सम्भव नरहेको व्यवसायीको भनाइ छ । जसकारण, नेपालको चिया भारतीय बजारमै भर पर्नुपरेको चिया उत्पादक संघ बताउँछ ।
नेपालमा मुख्यगरी पूर्व क्षेत्र झापा, इलाम र ताप्लेजुङमा चिया खेती हुन्छ । यसमध्ये इलाम र झापामा मात्रै नेपालमा उत्पादन हुने कुल चियाको ९० प्रतिशत उत्पादन हुन्छ । यसबाहेक, अन्य जिल्लामा समेत न्यून मात्रामा चियाको खेती हुँदै आइरहेको छ । जुन, निर्यात भने हुँदैन ।

बढ्दै निर्यात
गत आर्थिक वर्षको तथ्याङ्कले नेपालको चिया निर्यात बढ्न थालेको देखाउँछ । आर्थिक वर्ष २०७९/८० मा नेपालबाट ३ अर्ब ९३ करोड ६५ लाख रुपैयाँको चिया निर्यात भएको थियो । जुन, अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ६६ करोडले बढी हो । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २७ करोड रुपैयाँको चिया निर्यात भएको थियो ।
यस्तै, चालु आर्थिक वर्षको पहिलो महिनामा ४० करोड रुपैयाँको चिया निर्यात भएको छ । नेपालबाट निर्यात हुने सीटीसी चिया शत प्रतिशत भारत जाने गरेको छ । यसबाहेक अर्थोडक्स चियाको बजार भने युरोप र अमेरिकासहित एसियाली मुलुकमा समेत फैलिएको तथ्याङ्कले देखाउँछ । सीटीसी चिया समुन्द्री सहतको ३ हजार फिटभन्दा तल उत्पादन हुन्छ भने अर्थोडक्स चिया ३ हजारदेखि ७ हजार फिटसम्म उत्पादन हुन्छ ।

रातोपाटीबाट

ShareTweetPin
अघिल्लो समाचार

नेपाल विभुषण ‘क’ बाट इलामका तीन जना विभुषित !!!

अर्को समाचार

दक्षिण कोरियामा मौसमी कामदार सम्बन्धी वास्तविकता, भ्रम र ठगी 

अर्को समाचार

दक्षिण कोरियामा मौसमी कामदार सम्बन्धी वास्तविकता, भ्रम र ठगी 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.