Friday, June 5, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

ग्रीन इलाम ग्रीन इलाम
January 25, 2026
भित्र अर्थ, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
Share on FacebookShare on Twitter

इलाम, ११ माघः चालु आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्यांक हेर्दा नेपालबाट कूल १ अर्ब ३५ करोड ६६ लाख रूपैयाँ बराबरको छुर्पी निर्यात भएको छ । गत आर्थिक वर्षको पाँच महिनामा यस्तो छुर्पी १ अर्ब ४५ करोड १५ लाख ३१ हजार रूपैयाँको निर्यात भएको थियो । गत आवको तुलनामा छुर्पी निर्यात करिब १० करोडभन्दा बढीले घटेको देखिन्छ । वार्षिक रूपमा निरन्तर बढ्दै गइरहेको छुर्पीको निर्यात चालु आर्थिक वर्षमा केही सुस्त देखिएको हो । चालु आर्थिक वर्षको पुस महिनासम्म आइपुग्दा १ अर्ब ८७ करोड ५८ लाख ६८ हजार रूपैयाँ बराबरको यस्तो छुर्पी निर्यात भएको छ । जुन गत वर्षको तुलनामा ७ करोडले बढेको छ । यस वर्षमा छुर्पी निर्यातको वृद्धिदर निकै न्युन रहेको छ । ६ वर्षअघि नेपालले वार्षिक १ अर्ब ५ करोड रूपैयाँ बराबरको छुर्पी निर्यात गर्दथ्यो भने पछिल्ला वर्षमा वार्षिक साढे ४ अर्ब बढीको निर्यात गर्दै आइरहेको छ । हरेक वर्ष नेपालबाट छुर्पी निर्यात बढ्दै गइरहेको देखिन्छ । तर, चालु आर्थिक वर्षमा यसको वृद्धिदर घट्दै गइरहेको छ ।

पछिल्लो समय भारत लगायत अन्य मुलुकमा पनि छुर्पीको उत्पादन भइरहेकाले अन्तर्राष्ट्रिय बजार प्रतिस्पर्धी बनिरहेको हिमालयन डग च्यूको माऊ कम्पनी मनराम ग्रुपका फाउन्डर राजेन्द्र श्रेष्ठ बताउँछन् । नेपालबाट मनराम ग्रुप अन्तर्गतको ‘हिमालयन डग च्यू’ले अमेरिकामा छुर्पी निर्यात गर्दै आइएको छ । अफ सिजन भएकाले पनि छुर्पी निर्यातमा केही कमी आएको जस्तो देखिएको उनको भनाइ छ ।  ‘पछिल्लो समय भारत लगायतका राष्ट्रहरूले पनि डग च्यू उत्पादन गरिरहेका छन् । यसले बजारलाई प्रतिस्पर्धी बनाइरहेको छ । पछिल्लो समय केही मात्रामा निर्यात घटेको जस्तो पनि देखिएको छ’, उनले भने, ‘पहिलो यो अफ सिजन हो । अर्को कारण भनेको अन्य प्रतिस्पर्धी बनिसकेका छन् । बजारमा माग र नयाँ नयाँ प्रोडक्ट आइरहेका छन् । जुन हाम्रो देशका लागि चुनौती बन्न सक्छ ।’

डग च्यू पूर्वी नेपालको पहाडी जिल्लामा उत्पादन हुने छुर्पीको प्रकार हो । विदेशी मुलुकमा यसको प्रयोग कुकुर तथा बिरालोको आहाराका रूपमा हुने गर्दछ । अहिले नेपालबाट निर्यात हुने वस्तुमा सबैभन्दा राम्रो बजार र चर्चा ‘डग च्यू’ले नै कमाइरहेको छ । छुर्पी उत्पादन गर्नेहरू पनि निकै राम्रो व्यापार बढेको बताउँदै आएका छन् । नेपालले अमेरिका, क्यानडा, यूके (बेलायत), कोरिया, ताइवान, हङकङ, जापान, ग्रिस, नेदरल्याण्ड्स, मलेसिया, सिंगापुर, दुबई, थाइल्याण्ड, फिलिपिन्स, चिन, फ्रान्स, कतार र इटालीमा गरी १७ राष्ट्रमा डग च्यू पठाउने गर्दछ । तर कूल डग च्यू निर्यातको ८० प्रतिशत हिस्सा अमेरिकाले ओगटेको छ । त्यसबाहेकका युरोपियन राष्ट्रमा नेपाली छुर्पीको माग बढाउन सकिएको छैन । नेपालसँग युरोपियन राष्ट्रमा डग च्यू पठाउनका लागि आवश्यक स्टयान्डर्ड मापनको संयन्त्र नभएको उनको भनाइ छ । यसका साथै सरकारबाट पनि कुनै प्रकारको सहुलियत नपाएको व्यवसायीको गुनासो छ । भारतले नयाँ नयाँ छुर्पीकै उत्पादन निकाल्दै गर्दा नेपालको सानो बजार पनि खुम्चिने डर रहेको श्रेष्ठले बताए । नेपालमा छुर्पी व्यवसाय राष्ट्रिय स्तरमा पहिचान नभएको र किसानलाई पनि व्यवसायका लागि प्रोत्साहन नभएको उनको भनाइ छ ।

यस्तो छ नेपालको निर्यात अवस्था :

आर्थिक वर्ष २०७५/७६ मा नेपालले १ अर्ब ५ करोड २८ लाख ७६ हजार रूपैयाँ बराबरको छुर्पी विदेशमा पठाएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा नेपालले १ अर्ब २२ करोड ८३ लाख ५६ हजार रूपैयाँ बराबरको छुर्पी निर्यात गरेको थियो । आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा नेपालले एक वर्षमा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रूपैयाँ बराबरको छुर्पी विदेशमा निर्यात गरेको थियो । आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रूपैयाँको छुर्पी निर्यात गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा नेपालले २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रूपैयाँ बराबरको १७ लाख ४४ हजार ४५१ केजी छुर्पी निर्यात गरेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रूपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी छुर्पी विदेशी मुलुकमा निर्यात गरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा नेपालले ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रूपैयाँ बराबरको छुर्पी निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षमा मात्रै नेपालले ४ अर्ब ५१ करोड ४० लाख ९७ हजार रूपैयाँको छुर्पी निर्यात गरेको थियो ।

कसरी पठाइन्छ नेपालबाट विदेशमा छुर्पी ? 

नेपालमा उत्पादन हुने छुर्पीको प्रशोधन तथा ल्याब टेस्ट गरेर मात्रै विदेशी मुलुकमा पठाइने गरिन्छ । छुर्पी उत्पादन गर्ने किसानबाट छुर्पीको संकलन गरेर प्रशोधन गर्ने गरिन्छ । प्रशोधित छुर्पीलाई सिधै विदेशमा पठाउन भने मिल्दैन । त्यसका लागि ल्याब परीक्षण गरेर पशु सेवा विभाग अन्तर्गतको क्वारेन्टाइन महाशाखामा अनुमतिका लागि निवेदन पेस गर्नुपर्ने हुन्छ । महाशाखाले कुन देशमा कति छुर्पी पठाउने? ल्याब टेस्ट गरिएको छ कि छैन ? कसरी पठाउने ? कति बक्समा पठाउने ? कति मूल्यमा पठाउने ? लगायतका सम्पूर्ण कागजातसहितको निवेदन माग गर्दछ । उक्त निवेदनलाई हेरी महाशाखाले अनुमति दिएपछि मात्रै छुर्पी बाहिर पठाउन सकिन्छ । छुर्पीको मोटाइ, कटिङ तथा पूर्ण रूपमा सुकेको छ कि छैन ? भन्नेजस्ता कुरा हेरेर बाहिर पठाउनका लागि तयार गरिने अधिकारीहरू बताउँछन् ।

लोकान्तरबाट

ShareTweetPin
अघिल्लो समाचार

बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

अर्को समाचार

१० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

अर्को समाचार
१० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

१० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.