Wednesday, June 3, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला

ग्रीन इलाम ग्रीन इलाम
June 1, 2025
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
Share on FacebookShare on Twitter

इलाम, जेठ १८ : प्रदेशस्तरमै पहिलो पटक फुलमती सोङ्मी स्मृति र्यापिड चेस प्रतियोगिता इलाम सदरमुकाममा हुने भएको छ। जिल्ला बुद्धिचाल संघ इलामको आयोजनामा र प्रदेश बुद्धिचाल संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिता आगामी जेठ २४ गते हुनेछ। प्रतियोगिता आयोजना गर्न पत्रकार तथा किरात याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीले आफ्नी आमा फुलमती सोङ्मीको सम्झनामा १ लाख रुपैयाँको आर्थिक सहयोग गरेकी छिन्। उनले भनिन्, “यो प्रतियोगिता आमाको सम्झनासँगै नयाँ खेलाडी उत्पादन गर्ने, बुद्धिचाल खेलको लोकप्रियता बढाउने र इलाममा राष्ट्रिय स्तरको प्रतिस्पर्धाको वातावरण तयार गर्ने उद्देश्यले आयोजना गरिएको हो।” उनले आगामी वर्ष पनि यो प्रतियोगिता २०८२ सालको चैत्र ३० गते दोहोर्याएर आयोजना गर्ने घोषणा गरेकी छिन्। यसअघि माइजोमाइ गाउँपालिकाले जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको थियो भने सूर्योदय नगरपालिकाले विद्यालय तहमा खेलाडी उत्पादनका लागि निरन्तर लगानी गर्दै आएको छ। तर, प्रदेशस्तरीय र्यापिड चेस प्रतियोगिता पहिलो पटक इलाममा आयोजना हुँदैछ, जसले बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला थपेको छ। प्रतियोगिता फिडे रेटिङ मान्य भएकाले कोसी प्रदेशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहनेछ। आयोजकका अनुसार, प्रतियोगिताले इलामका स्थानिय खेलाडीहरूलाई राष्ट्रिय स्तरका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर दिलाउनेछ। जिल्ला बुद्धिचाल संघ इलामका अध्यक्ष तारानिधि घिमिरे भन्छन्, “उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा नगरी खेलको विकास सम्भव हुँदैन। यो नयाँ खेलाडीहरूका लागि सिक्ने सुनौलो अवसर हो।” प्रतियोगितामा १०० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ। इच्छुकले जेठ २३ गतेसम्म नाम दर्ता गराउन सक्नेछन्। प्रतियोगिता स्विस लिग प्रणालीमा ७ चरणमा खेलिनेछ, जसमा प्रत्येक खेलाडीलाई १० मिनेट समय र हरेक चालमा १० सेकेन्ड इन्क्रिमेन्ट दिइनेछ। प्रतियोगिताका उत्कृष्ट २९ खेलाडीलाई १ लाख १९ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

🔸 मुख्य पुरस्कारहरू: • प्रदेश विजेता: रु. २०,००० • दोस्रो स्थान: रु. १०,००० • तेस्रो स्थान: रु. ७,००० • चौथो स्थान: रु. ६,००० • पाँचौँ स्थान: रु. ५,००० • छैटौँदेखि दशौँ स्थानसम्म: जनही रु. ४,०००

🔸 विधागत पुरस्कारहरू: • भेट्रान्स च्याम्पियन: रु. ४,००० • फरक क्षमता भएका खेलाडी: रु. ४,००० • प्रदेश उत्कृष्ट अनरेटेड खेलाडी: रु. ४,००० • विद्यालय तह प्रदेश विजेता: प्रथम रु. ३,०००, दोस्रो रु. २,००० • हिल्स च्याम्पियन: प्रथम रु. ४,०००, दोस्रो रु. ३,००० • प्रदेश यु–१६ च्याम्पियन (पुरुष/महिला): जनही रु. २,५०० • इलाम च्याम्पियन: प्रथम रु. ४,०००, दोस्रोदेखि पाँचौँ स्थानसम्म जनही रु. २,००० बुद्धिचाल खेललाई क्लासिकल, र्यापिड र ब्लिट्ज गरी तीन प्रकारमा वर्गीकरण गरिन्छ। यो प्रतियोगिता र्यापिड चेस विधामा हुने भएकाले छिटो निर्णय क्षमता, रणनीति र समय व्यवस्थापनमा खेलाडीहरूलाई थप चुनौती रहनेछ। आयोजकले इलामबासी तथा बुद्धिचाल प्रेमीहरूलाई प्रतियोगिता हेर्न र खेलाडीहरूलाई उत्साह दिन आग्रह गरेका छन्।

ShareTweetPin
अघिल्लो समाचार

जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु

अर्को समाचार

गायक तथा संगीतकार गणेश रसिकको निधन

अर्को समाचार
गायक तथा संगीतकार गणेश रसिकको निधन

गायक तथा संगीतकार गणेश रसिकको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.