Sunday, March 15, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

डाँडैपिच्छे नक्कली पाथीभरा !!! ‘बाजेको पेडा पसल’ जस्तै बन्न थाल्यो पाथीभराको ब्राण्ड !!

ग्रीन इलाम ग्रीन इलाम
September 11, 2024
भित्र पत्रपत्रिकाबाट, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
डाँडैपिच्छे नक्कली पाथीभरा !!! ‘बाजेको पेडा पसल’ जस्तै बन्न थाल्यो पाथीभराको ब्राण्ड !!
Share on FacebookShare on Twitter

नक्कली पाथीभरा

पाठकवृन्द ‘पाथीभरा माता’ भन्नेबित्तिकै तपाई के सम्झनुहुन्छ ? पक्कै पनि तपाईलाई ताप्लेजुङको शीरमा अवस्थित चर्चित धार्मिकस्थलको याद आउँछ । इन्टरनेटमा सर्च गर्दा पनि त्यहीँको पाथीभरा माताको तस्बिर आउँछ । कसैले भाकल गर्दा ताप्लेजुङकै पाथीभरा मातालाई नै सम्झन्छन् । ताप्लेजुङमा रहेको पाथीभराको आफ्नै मौलिक किंवदन्ती र पहिचान छ । त्यसको महत्व पनि आफ्नै प्रकारको रहेको छ । पाथीभराको त्यही मौलिकताका कारण नेपाल र भारत दुबै देशका धर्मावलम्बीहरु पाथीभराको डाँडो चढ्ने गर्दछन् ।
तर, पाथीभराको मौलिकतालाई अल्मल्याउने गरी पूर्वी नेपालका विभिन्न डाँडालाई ‘पाथीभरा’ घोषणा गर्ने होडबाजी नै चलेको छ । हरेक डाँडामा ताप्लेजुङकै नक्कल गरेर पाथीभरा देवीको मन्दिर स्थापना गर्ने र त्यसमा राज्यले समेत लगानी गर्ने प्रचलन पनि उत्तिकै बढेको छ । पाथीभरा देवी ताप्लेजुङको पहिचान हो । सो मन्दिरमा आउने भक्तजनले चढाउने भेटीका कारण मासिक लाखौं आम्दानी हुने गरेको छ । तर, असली पाथीभराको उक्त ‘पेटेन्ट राइट’ अब सुरक्षित रहेन । विभिन्न डाँडामा खुलेका नक्कली पाथीभराले पनि तीर्थालुहरुलाई आकर्षित गर्ने र भेटीघाटी संकलन गर्ने कार्य गरिरहेकै छन् । यस्तो कार्यले गर्दा असली पाथीभराको मौलिकतामा असर पारिरहेको ताप्लेजुङका स्थानीयको गुनासो सुन्ने गरिएको छ ।
इलाममा अन्तरी पाथीभरा !

इलामको पाथीभरा

ताप्लेजुङ जाने बाटोमा पर्ने इलाममा नक्कली पाथीभरा बनाइएको छ । त्यहाँ पनि धार्मिक पर्यटक आउने–जाने गरेका छन् । डाँडामा पाथीभराकै जस्तो संरचना बनाइएको र सिँढीमा धागो टाँग्ने लगायतका कर्महरु ताप्लेजुङको जस्तै हुने गरेको पाइन्छ । इलामको कोल्ङबुमा त्यस्तो पाथीभरा मन्दिर बनाइएको हो । त्यसलाई ‘सानो पाथीभरा’ भन्ने गरिएको छ । झापाबाट नजिकै पर्ने भएकाले सानो पाथीभरामा पनि नेपाल र भारतबाट तीर्थालुहरु जाने गर्दछन् । ताप्लेजुङसम्म जान नसक्नेहरुले यही सानो पाथीभरालाई पूज्ने गरेका छन् ।
डाँडो, जंगल वा सार्वजनिक स्थलमा कसैले मूर्ति स्थापना गर्दा त्यसको आफ्नो कथा बुन्ने गरिन्छ । त्यस्तो ठाउँमा घुम्न जाने मानिसहरुको कुनै खाँचो हुँदैन, मानिसहरुको भीड लागिहाल्छ । छेउछाउ सानातिना दोकानहरु पनि चलिहाल्छन् ।
ताप्लेजुङकै हुबहु नक्कल गरेर इलाममा सानो पाथीभरा मन्दिर ०५१ सालमा बनाइएको पाइन्छ । कतिपयले ०३४ सालमै मन्दिरको संरचना बनेको दाबी गर्छन् । रोचक त के छ भने यसलाई असली पाथीभराकी ‘अन्तरी बहिनी’ भन्ने गरिएको छ ।
इलामको सानो पाथीभराबारे इन्टरनेटमा सर्च गर्दा यस्तो कथा बुनिएको पाइयो–
‘वि.सं. १९९० सालमा झापा बुधबारे–९ का डिल्लीराम पाठकले पाथीभरा मन्दिर जाने भाकल गरेका थिए । त्यसबेला मन्दिरको पहिचान भइसकेको थिएन । वि.सं. २०३४ सालमा उनलाई सपनामा पाथीभरा देवीकी अन्तरी बहिनीको इच्छा पूरा गर्ने उर्दी आयो । पाठक सोही वर्षको ऋषि तर्पणी पूर्णिमाको मध्यरातमा चिन्ता बसे । मध्यरात पूरै उज्यालोमा परिणत भयो । के रहेछ भनेर हेर्दा त्यहाँ दुईवटा बाघ आए । पछि ती बाघ दुईवटी केटीमा परिणत भए । तिनै केटीले पाठकलाई पहिलेको थामडाँडा (अहिले सानो पाथीभरा देवीको मन्दिर रहेको स्थान)मा पुर्‍ याए र मन्दिरको शिला देखाइदिए । जङ्गलको बीचमा भेटिएको उक्त शिलालाई तीन दिनपछि पाठकले विधिपूर्वक मन्दिरको स्थापना गरी पाथीभरा देवी नामाकरण गरिदिए ।’
यसरी बुनिएको अपत्यारिलो कथाकै आधारमा इलाममा ‘सानो पाथीभरा’ चलिरहेको छ । यहाँ ताप्लेजुङकै नक्कल गरेर बनाइएको मूर्ति छ । मन्दिर अनि पोखरीहरु छन् । सुन्दर डाँडाबाट तराईको दृश्यावलोकन गर्न सकिन्छ । आन्तरिक पर्यटन चलेको छ ।
तेह्रथुममा अर्को पाथीभरा !

तेह्रथुमको लालीगुराँस नगरपालिकालाई ‘गुराँसको राजधानी’ मानिन्छ । किनभने, लालीगुराँस पाइने तीनजुरे मिल्के क्षेत्र यही पालिकामा पर्छ । तपाई बसन्तपुर बजारबाट गुराँस फुल्ने मौसममा तीनजुरेतर्फ उक्लनुभयो भने गुराँस फुलेको मात्रै देख्नुहुन्न, त्यहाँ ताप्लेजुङकै जस्तो नक्कल गरिएको अर्को ‘पाथीभरा’ पनि भेट्नुहुन्छ । सिँढी चढ्दै गएपछि डाँडाको टुप्पामा पाथीभरादेवीको मूर्ति भेटिन्छ । तर, ताप्लेजुङको पाथीभरादेवीको मूर्ति र तेह्रथुमको मूर्ति हेर्दा नक्कल गर्न खोजिए पनि सो नक्कल भद्दा देखिन्छ । त्यसो त धनकुटाको भेडेटार नजिकैको डाँडोमा पनि स्थानीयले ‘पाथीभरा मन्दिर’ बनाएका छन् ।
पाथीभराको मौलिकतामाथि प्रश्न !


पाथीभरा देवीका नाममा डाँडैपिच्छे यसरी मन्दिर र मूर्तिहरु बनाइनुको अर्थ के हो ? देवीदेवता सबैका साझा हुने भएता पनि निश्चित धार्मिकस्थलको मौलिकतामाथि नै अलमल हुने गरी नक्कल गर्ने प्रचलनले कुनै पनि बस्तुको ‘ब्राण्ड’ सोही रुपमा नरहन सक्छ । जस्तो– काठमाडौंको पशुपतिनाथ मन्दिरलाई यहीँ र यथारुपमा रहन नदिएर हरेक जिल्लामा ‘पशुपतिनाथ मन्दिर’ बनाउन मिल्छ ? त्यस्तै– कसैले अर्कै ठाउँमा नक्कली लुम्बिनी बनाउन मिल्छ कि मिल्दैन ? यो बहसको विषय हुनुपर्ने देखिन्छ । हिन्दुशास्त्रमा देवीको महिमा सर्वत्र छ । देवीका थानहरु पनि देशैभरि सर्वत्र छन् । तर, शास्त्रमा ‘पाथीभरा देवी’ भन्ने उल्लेख छैन, यो त पाथी भरेको जस्तै आकारको डाँडोमा रहेकी देवीका नामा ‘पाथीभरा देवी’ नाम रहन गएको हो । तर, हरेक डाँडामा माइलीदेखि अन्तरीसम्म पाथीभराहरु खडा गर्दै जाने हो भने त्यसले पाथीभरा देवीको महत्वलाई बढाउँछ या घटाउँछ ? यो पनि अध्यात्मिक क्षेत्रले बहस गर्नुपर्ने विषय हो । खासगरी यसमा पाथीभरा क्षेत्र विकास समितिको ध्यान जानुपर्ने देखिन्छ ।
सप्तरीको बरमझिया पेडाका लागि चर्चित छ । तर, आफूलाई असली देखाउने नाममा सबैले आफ्नो पेडा पसलको नाम ‘असली बाजेको पेडा पसल’ राख्दै गए । यसले गर्दा अहिले कुनचाहिँ पेडा पसल मौलिक हो भनेर छुट्याउनै सकिँदैन । भोलि त्यस्तो दिन पनि नआओस् कि कसैले ताप्लेजुङको भन्दा सुगम स्थानमा रहेका तेह्रथुम, इलाम वा धनकुटाका नक्कली पाथीभरालाई चाहिँ असली भनेर पुज्न थालुन् ।
‘मुक्कुम्लुङ’ पक्षधरको अर्कै तर्क !
त्यसो त ताप्लेजुङको पाथीभरामै रहेको देवीको मूर्ति समेत पछि स्थापना गरिएको हुनाले त्यसले पाथीभराको मौलिकतामाथि असर पारिरहेको तर्क पनि एकथरी मानिसहरुले गर्दै आएका छन् । खासगरी मुक्कुम्लुङ पक्षधरहरुको त्यो तर्क छ । हिन्दु परम्परामा पनि खासगरी देवीथानमा मूर्तिहरु राख्ने प्रचलन छैन । त्यहाँ प्रकृति र शिलाको पूजा गर्ने गरिन्छ । तर, पछिल्लो समयमा देवीथानमा कंक्रिटको संरचना र मूर्तिहरु स्थापना गर्ने प्रचलन बढेको छ । ताप्लेजुङको पाथीभरामा पनि सुरुमा शिला मात्र रहेकोमा पछि देवीको सुन्दर मूर्ति राखिएको हो, जुन अहिले पाथीभरादेवी भन्नासाथ मानिसको दिमागमा आउने गरेको छ ।
खबरहबबाट

ShareTweetPin
अघिल्लो समाचार

“लागूऔषध खैरो हिरोईन सहित माई नगरका गिरी पक्राउ।”

अर्को समाचार

इलाममा उत्पादित काँचो केरामै भेटियो विषादी

अर्को समाचार
इलाममा उत्पादित काँचो केरामै भेटियो विषादी

इलाममा उत्पादित काँचो केरामै भेटियो विषादी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.