इलाम ७ असार ः आज जुन २१ तारिख । सामान्यतयाः जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्दछ । यसपालि आजको दिन लामो हुने भएको हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोर्लाधमा दिन लामो हुने गर्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ । भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ ।
आज नेपालमा सूर्योदय र सूर्यास्तबीचको समय अनुसार दिन झण्डै १३ घण्टा ५३ मिनेट ४७ सेकेण्डको आसपासका हुनेछ । सोमबार नेपालमा ५ बजेर ०८ मिनेट जाँदा सूर्योदय भएको थियो भने भरे साँझ ७ बजेर ०२ मिनेटमा सूर्यास्त हुनेछ । यसै क्रममा, आजदेखि औपचारिक रुपमा गर्मी सुरु भएको मानिन्छ । स्मरण रहोस् आगामी डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ ।