Wednesday, May 14, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ

ग्रीन इलाम ग्रीन इलाम
March 26, 2025
भित्र अर्थ, मुख्य समाचार, श्रम-रोजगार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
Share on FacebookShare on Twitter

इलाम, १३ चैतः कोशी प्रदेशमा किसानले अर्थोडक्स चियाको औसत नाफा किलोको ३० रुपैयाँ पाउने गरेको एक अध्ययनले देखाएको छ । कोशीमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान एवं आन्तरिक र वाह्य बजारमा यसको सम्भावना र चुनौती विषयमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार यस्तो तथ्यांक देखिएको हो । राष्ट्र बैंकले गरेको स्थलगत सर्वेक्षण क्रममा नमुना छनोटमा परेका किसानबाट लिइएको आम्दानी र खर्च सम्बन्धी विवरणका आधारमा विश्लेषण गर्दा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड नमुना किसानको प्रतिकिलो औसत लागत क्रमशः ४५.१६ रुपैयाँ र २४.७२ रुपैयाँ र औसत आम्दानी ७५.५२ र ४८.४४ रुपैयाँ, प्रतिरोपनी औसत आम्दानी १३ हजार ९ सय ९१ रुपैयाँ र १० हजार ५ सय ७५ रुपैयाँ एवं प्रतिकिलो औसत मुनाफा ३० र २४ रुपैयाँ रहेको देखिन्छ ।

१०० उद्योग सञ्चालनमा, ३ अर्ब लगानी 

कोशी प्रदेशमा २१ अर्गानिक सर्टिफाइड र ७९ अर्गानिक अनसर्टिफाइड गरी कुल १ सय अर्थोडक्स चिया प्रशोधन उद्योग सञ्चालनमा छन् । आर्थिक वर्ष २०७९/८० मा ७८ लाख ३८ हजार ९ सय ४६ किलो प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको थियो । जसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको हिस्सा क्रमशः ११.९ र ८८.१ प्रतिशत रहेको देखिन्छ । अध्ययनमा सहभागी ८४ अर्थोडक्स चिया उद्योगमा कुल लगानी ३ अर्ब ६८ करोड ७४ लाख थियो । जसमध्ये ३६.४ प्रतिशत हिस्सा ऋणको छ भने ६३.६ प्रतिशत हिस्सा स्वपूँजी छ । २ वटा उद्योगमा मात्रै वैदेशिक लगानी छ । अध्ययनमा सहभागी अर्थोडक्स चिया उद्योगले व्यक्तिगत किसान, किसान समूह, सहकारीबाट खरिद गर्ने तथा आफ्नै बगानबाट उत्पादन गर्ने हरियो पत्ताको प्रतिकिलो औसत खरिद/लागत मूल्य ५४.९३ रुपैयाँ छ । यसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगको प्रतिकिलो औसत खरिद/लागत मूल्य क्रमशः ८७ र ४९.३५ रुपैयाँ छ ।

कति छ बजार मूल्य ?

अध्ययन अनुसार प्रशोधित अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको आन्तरिक बजार भाउ किलोको ९४१.६० रुपैयाँ र अन्तर्राष्ट्रिय बजार मूल्य ८०१.५१ रुपैयाँ रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको मूल्य क्रमशः ४३३.७१ र ४०८.३१ रुपैयाँमात्र रहेको पाइएको छ । औसतमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको प्रतिकिलो बिक्री मूल्य क्रमशः ८२३.१४ र ४११.१२ रुपैयाँ रहेको छ ।

८८ प्रतिशत बढी भारत निर्यात, बजार अधिकांश अन्तर्राष्ट्रिय 

अर्थोडक्स चिया उद्योगबाट उत्पादित अर्थोडक्स चियामध्ये ८८.६ प्रतिशत भारत तथा तेस्रो मुलुक निर्यात हुने गरेको छ भने ११.४ प्रतिशत आन्तरिक बजारमा बिक्री हुने गरेको छ । अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात २१.६३ प्रतिशत छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात न्यून मात्रामा छ । प्रशोधित अर्थोडक्स चियाको बिक्री आय २ अर्ब ५७ करोड ५५ लाख २१ हजार ९ सय १३ रुपैयाँ छ, जसमा निर्यात हिस्सा ८६.७२ प्रतिशत छ । यसले उद्योगको अधिकांश आय अन्तर्राष्ट्रिय बजारबाट प्राप्त हुने र उद्योगको आर्थिक सफलता निर्यातमा निर्भर रहेको देखिन्छ ।

आव २०७९/८० मा कोशी प्रदेशमा सञ्चालित अर्थोडक्स चिया उद्योगहरूको औसत क्षमता उपयोग ५६.२१ प्रतिशत छ । उद्योगहरू कम क्षमतामा सञ्चालन हुनुका प्रमुख कारणमा कच्चापदार्थ अभाव, विद्युत् आपूर्तिमा अनियमितता, प्राविधिक र दक्ष जनशक्ति अभाव, मागमा कमी लगायत छन् । अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगमा लगानीको प्रतिफल दर क्रमश १३.५ र १०.८० प्रतिशत छ, जसले सर्टिफाइड उद्योगले उच्च प्रतिफल दिने देखाउने अध्ययनले देखाएको छ । ‘लाभ लागत अनुपात अर्गानिक सर्टिफाइड उद्योगमा १.२२:१ र अर्गानिक अनसर्टिफाइडमा १.१८:१ रहेको छ, जसले अर्गानिक सर्टिफाइड उद्योग आर्थिक रूपमा लाभदायक हुने स्पष्ट हुन्छ,’ अध्ययनले औंल्याएको छ ।

कस्तो छ मुनाफाको अवस्था ?

अर्गानिक सर्टिफाइड र अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगको बिक्री आम्दानीमा खुद मुनाफा प्रतिशत दर क्रमशः १८.५० र १५.७० तथा कुल आम्दानीमा खुद मुनाफा प्रतिशत दर क्रमशः १७.८७ र १५.५३ रहेको अध्ययनको निष्कर्ष छ । अर्गानिक सर्टिफाइड र अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको प्रतिकिलो उत्पादन लागत क्रमशः ६९५.६२ र ३३६.७४ रुपैयाँ रहेको छ भने प्रतिकिलो मुनाफा क्रमशः १५१.८७ र ६४.५५ रुपैयाँ छ । अर्गानिक सर्टिफाइड चिया उत्पादन लागत अर्गानिक अनसर्टिफाइड चियाको तुलनामा शतप्रतिशतले बढी भए तापनि मुनाफा १ सय ३५ प्रतिशतले बढी रहेको छ । अर्गानिक सर्टिफाइड उद्योगमा प्रतिउद्योग औसतमा ४४ जना र अर्गानिक अनसर्टिफाइड उद्योगमा प्रतिउद्योग औसतमा २४ जनाले रोजगारी प्राप्त गरेका छन् । त्यसैगरी अर्थोडक्स चिया खेतीतर्फ प्रति रोपनी २ जनाले रोजगारी प्राप्त गरेको देखिन्छ ।

कोशी प्रदेशमा अर्थोडक्स चिया उत्पादनले (चियापत्ता प्रशोधित चिया ) कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ०.०५ प्रतिशत योगदानमात्र पुर्‍याएको देखिन्छ भने कोशी प्रदेशको जीडीपीमा यसको योगदान ०.३३ प्रतिशत छ । अध्ययनले भनेको छ, ‘अर्थोडक्स चियाको उत्पादन परिमाण १०० प्रतिशतले वृद्धि हुदाँ निर्यात परिमाण ९४ प्रतिशत र यस्तो चियाको निर्यात मूल्य १०० वृद्धि हुदाँ निर्यात परिमाण ६९ प्रतिशतले बढ्ने पाइएको छ ।’ नमुना छनोटमा परेका अर्थोडक्स चिया खेती गर्ने किसानमध्ये ७ प्रतिशतले मात्र सरकारबाट कृषि अनुदान प्राप्त गरेको देखिएको छ भने ८८ प्रतिशत किसानले तालिम प्राप्त गरेका छन । अर्गानिक सर्टिफाइड अर्थोडक्स चिया र अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चिया खेती गर्ने किसानबीच प्रतिकिलो हरियोपत्ता चिया बिक्री आयमा भिन्नता रहेको छैन भन्ने  परिकल्पना परीक्षणका क्रममा अस्वीकृत भएको छ । अर्गानिक सर्टिफाइड किसानको उत्पादनमा सर्टिफिकेसनले पाएको मान्यता र गुणस्तरका कारण प्रतिकिलो हरियोपत्ता चियामा उच्च मूल्य प्राप्त गर्ने भएकाले किसानहरूको बिक्री आय बढाउन सहयोग पुर्‍याएको छ । राष्ट्र बैंकको अध्ययनमा कुल ८४ अर्थोडक्स चिया उद्योग र ४२ अर्थोडक्स चिया खेती गर्ने किसान समावेश छन् । अध्ययनमा सहभागी उद्योग र किसानबाट प्राप्त तथ्यांक तथा द्वितीय स्रोतबाट प्राप्त तथ्यांक विश्लेषण गरी राष्ट्र बैंकले प्रतिवेदन तयार गरेको हो ।

अनलाईन खबरबाट

 

ShareTweetPin
अघिल्लो समाचार

झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर

अर्को समाचार

नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला

अर्को समाचार
नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला

नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला

Leave a ReplyCancel reply

Recent Posts

  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर
  • बलात्कार घटनाका आरोपी पक्राउ, घटना मिलाउन खोज्ने पनि पक्राउ
  • अन्न नफल्ने भिरालो जमिनमा ‘वनतरुल’ खेती
  • #इलाम प्रहरीद्धारा अफिम खेति नष्ट
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.