Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

तिहार पर्वको महिमा

केशव चौलागाई

ग्रीन इलाम ग्रीन इलाम
November 11, 2023
भित्र मुख्य समाचार, लेख-विश्लेषण, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

केशव चौलागाई
तिहार हामी सबै हिन्दूहरुको दोस्रो ठुलो चाड हो । हरेक वर्ष कात्र्तिक कृष्ण त्रयोदशीदेखि कात्र्तिक शुक्ल द्वितीयासम्म धुमधामका साथ तिहार पर्व मनाउने गरिन्छ । यस पर्वको धार्मिक, सांस्कृति, सामाजिक एवम वैज्ञानिक महत्व रहेको छ । तिहार शब्द हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान गर्ने गरिन्छ । तिहारलाई यमपञ्चक, दीपावली, दीवाली नामले पनि पुकारिन्छ ।
पौराणिक कथन अनुसार सौर्यपुत्र यमराज आफ्नी बहिनी यमुनाकोमा नगएको धेरै समय भएको थियो । दाजु यमराज मत्य लोकमा बस्दथे भने बहिनी यमुना पृथ्वी लोकमा बस्दथिन् । दाइलाई धेरै पटक बोलाउँदा पनि नआएको देखेर बहिनी यमुना थकित भएकी थिइन् । एक दिन यमुनाले कागलाई चिठी लेखेर दाजुलाई आउन निम्ता पठाइन् । यमराज भैँसीमा चढेर बहिनीको घरमा आए । त्यही यमराजले कागलाई चिठी पठाएर यमराज बहिनीको घरमा आएको दिनलाई काग तिहार मानियो । यमराज पाँच दिनसम्म बहिनीकै घरमा बसी अन्तिम दिन कात्र्तिक शुक्ल द्वितीयामा टीका, माला लगाई सगुनसहित बिदाबारी भए । यसै दिनलाई भाइटीका भनियो । यसमराज पाँच दिन पृथ्वी लोकमा बसेको हुनाले यमपञ्चक भनिएको भन्ने बुझाइ रहेको छ । रहँदा बस्दा यमराज बिहनीको सम्मानबाट प्रसन्न भई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु पर्ने साथै सबै दाजुभाइ दिदीबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयू, कीर्ति, आरोग्य बृद्धि होओस् भन्ने वर मागिन् । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भातृपूजा गर्ने गराउनेको सदा उन्नति हुने तथा कीर्ति पनि फिजिने वर दिइ आफ्नी बहिनीसँग बिदा भई गएकोले प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरुपले यो पर्व मानिँदै आएको पाइन्छ ।
(क) काग तिहार
कात्र्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार पर्व पर्दछ । कागलाई सत्यवादी, भविष्यद्रष्टा, सन्देशबाहक, चतुर सकुनशास्त्रका वक्ताको रुपमा लिइन्छ । भगवान् विष्णुको वाहन गरुण, लक्ष्मीको वाहन लाटोकोसेरो, सरस्वतीको वहान हंश, कार्तिकेयको वाहन मयूर भएझैँ यमराजको दूतको रुपमा कागलाई मानिन्छ । पितृकार्यमा अनिवार्यरुपमा कागबाली (खाना) दिने विधान छ । भगवान् धन्वन्तरी प्रदुर्धाव हुनुभएको हुनाले कागतिहारलाई धनतेरस पनि भन्ने गरिन्छ । यस दिन साँझमा मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव यमराज प्रशन्न भई आरोग्यता एवम् दीर्घजीवन प्रदान गर्दछन् भन्ने मान्यता रहेको छ । काग यमराजको प्रिय भक्त हो । कागको समान दृष्टि, अन्नबालीमा लागेका किरा खाइदिने, काकगवेषणा, काकन्याय, काकबलीजस्ता कागसम्बन्धी सम्मानका शब्दहरु प्रयोग भएको पाइन्छ । यस दिन घरमा पाकेको खानेकुरा सालका पात वा टपरीमा काग आउने ठाउँमा कागलाई बोलाएर खान दिने चलन छ ।
(ख) कुकुर तिहार
कात्र्तिक कृष्ण चतुर्दशीको दिन कुकुर तिहार पर्व मनाइन्छ । कुकर तिहारलाई नरक चतुर्थीको नामले पनि चिनिन्छ । कुकुर यमराजको प्रिय भक्त, आज्ञापालक, रक्षक, स्वामीभक्त, दैवी विपत्तिको पूर्वसुचकको काम गर्ने प्राणी हो । यस दिन तोरीको तेल, मर्दन गरी स्नान गर्नाले छालाको रोग र चिसोबाट बच्न सकिन्छ । कुकुरलाई नुहाइ सफा बनाएर टीकामाला लगाएर मनपर्ने खानेकुरा खान दिने चलन छ ।
(ग) गाई तिहार
कात्र्तिक कृष्ण पक्षको औँसीका दिन गाई तिहार पर्व मनाइन्छ । यस दिन बिहानै घर आँगन लिपपोत गरी सफासुग्घर भएर नित्यकर्म गरी दुर्भाग्य लक्ष्मीको प्रार्थना गरिन्छ । दुर्भाग्य लक्ष्मीको पूजापछि गोलक्ष्मीको समन्त्रक पूजा गरिन्छ । कर्म गरे पनि दुर्भाग्यले नछोडने भएकोले दुर्भाग्यलाई हटाई सौभाग्यबृद्धिका लागि सौभाग्य लक्ष्मीको पूजा गरिन्छ । बिहान गाईलाई सफा बनाएर नुहाइन्छ । धूपदीप गरेर गाईका सिङ, खुरमा तेल लगाइ शरीरमा विभिन्न रङ र पुष्पले पूजा गर्ने चलन छ । गाईलाई फलफुल, रोटी, पिठो अन्न, साग, पसाएको हरियो धान खान दिने चलन छ । गौदूग्धलाई अमृत समान मानिन्छ । ध्यूलाई अयुर्वै घृतम भनिन्छ । बाँचुन्जेल गोरसपान गरेर मृत्युपर्यन्त वैतरणी पार गराउने सहाराको रुपमा मानिन्छ । लक्ष्मीपूजालाई सुखरात्री पनि भनिन्छ । गाईको गोवर र गहुँत दुवैलाई पवित्र मानिन्छ । गाईलाई पशुधन, गौमाता, लक्ष्मी, गाईजात्रा, गाईप्राणी, गाईपाला, गौप्राणी, धनधान्यकी देवी, ऐश्वर्यकी प्रतीक, जस्ता प्रतिकात्मक शब्द पनि प्रयोग गरिन्छ । सुख, सम्पत्ति, धन, ऐश्वर्य अभिवृद्धिको मनोकामनाका साथ माता लक्ष्मीको विशेष पूजा आराधना गर्ने गरिन्छ ।
साँझ दीप प्रज्वलन गरेर घर झिलीमिली बनाउने गरिन्छ । घरमा चार सुर, कोठा, चोटा, ढोका, झ्याल, आँटी, गग्रेटो, भ¥याङ, खाट, दराज, जलाशय, धारा, गाईबाख्रा बाँध्ने किला सबै ठाँउमा दीप प्रज्ज्वलन गर्ने चलन छ । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकार हटाएर उज्ज्यालो दीपतर्फ लगि आत्मिकरुपमा सुख–सन्तोष प्रदान हुने गर्दछ । मिठामिठा भाकामा पौराणिक कहानी भन्दै देउसी र भैलो खेल्ने चलन यद्यपि छँदैछ । लोकभाकामा होस वा आधुनिक पारामा होसा देउसी भैलोले हामी सबैलाई रमाइलो बनाएको छ ।
यस दिन विशेष गरी लक्ष्मी माताको पूजा गरिन्छ । घरमा भएका गरगहना, धन सम्पत्ति, सबै एकै ठाउँमा जम्मा गरी तामाको खडकौलोमा लक्ष्मीको फोटो राखी मूलबाटामा, घरको मुल ढोका अगाडि विभिन्न रङबाट रङगोली बनाइ रातोमाटो र गोबरको प्रयोग गरी लक्ष्मीको पाइला बनाएर भण्डारसम्म लगिन्छ । लक्ष्मीलाई विधिविधानसित पूजा गरी प्रसन्न पारिन्छ । माता लक्ष्मीको प्रसादस्वरुप धन प्राप्त हुने विश्वासका साथ दराज, भण्डार, सन्दुक, सेफ, ट्याङ्का आदिमा स्वस्तिक चिह्न बनाउने वा शुभलाभ लेख्ने चलन छ । लक्ष्मीका साथ कुवेर, कात्र्तिकेय, श्रीचक्रको पनि पूजा गर्ने चलन रहेको छ ।
भगवान् रामचचन्द्रले लोककल्याणको भावनाले रावण लगायत विविध असुरहरुको नास गरेपछि कात्र्तिक कृष्ण पक्षको औँसीको दिन अयोध्याका राजाको रुपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्गा होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुना कहाँ बसेका कारण यस समयमा मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासका साथ खुसी मनाउँदै दीपावली गर्ने चलन आरम्भ भएर होस् । दीपावलीको चलनले समाजमा मनोरञ्जनका साथै आपसी सद्भाव बढाएको छ ।

(घ) गोरु तिहार
गोरु तिहारलाई गोवर्धन पूजा वा हल तिहार पनि भनिन्छ । गोवर्धन गोकुल नजिकैको एक पर्वत हो । श्रीकृष्ण भगवान् गोकुलमा गाईहरुसँग बस्दथे । गोपालहरु इन्द्रको पूजा गर्दथे । इन्द्रबाट गोपालहरुले केही पाउँदैनथे । कृष्ण भगवान्ले एक दिन केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी, दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो भनेर सल्लाह दिए । सबै गोपालहरुले राजी भएर गोवर्धन पर्वतको पूजा गर्न लागे । आफ्नो सट्टा गोवर्धन पर्वतको पूजा गरेको देखेर इन्द्रले गोकुलमा असिना पानीको वृष्टि गराए । भगवान् श्रीकृष्णले गोवर्धन पर्वतलाई हातमा उचालेर सबै गोकुल वासीलाई आश्रय दिए । त्यसै समयदेखि गोवर्धनपूजा आरम्भ भएको पौराणिक मान्यता रहेको पाइन्छ । संस्कृतमा गौ भनेको गाई, गोवर्धन, गोकुल, गोपाल त्यतिबोला गाईलाई दिइने सम्मान सूचक शब्द हुन् । घरघरमा गाईको गोबरले गोवर्धन पर्वत बनाइ पूजा गरिन्छ ।
गोरु तिहारका दिन वर्षभरि खाने अन्न फलाउन हलो जोत्ने गोरुको पूजा गरिन्छ । गोरुलाई सफा बनाएर सिङ खुरमा तेल लगाएर माला लगाई फूलले पूजा गरी फलफुल, रोटी, पिठो जस्ता खानेकुरा खान दिने चलन छ । यस दिन पनि दीप प्रज्ज्वलन र देउसी भैलोलाई निरन्तरता दिइन्छ ।
(ङ) भाइटीका
तिहारको अन्तिम दिन एवम् सबैभन्दा महत्वपूर्ण दिनको रुपमा उल्लासका साथ भाइटीका मनाउने चलन छ । भाइटीका तिहारको विशेष दिन हो । यमपञ्चकको पाँचौँ दिन इन्द्रादि दश दिक्पालले बली राजाका लागि आफ्नो राज्य छाड्ने कथन रहेको छ । यस दिन दीप, कलश, गणेश, अष्टचिरञ्जीवी, यमराज, नवग्रह, लोमश, यमुना, हनुमान, विभीषण, परशुराम, ब्रह्मा, विष्णु, रुद्रादि आदिको पूजा गर्ने चलन छ । दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजाआजा गर्ने, मिठामिठा परिकार, दक्षिणा वस्त्र प्रदान गर्ने, आदर सत्कार गर्ने, स्नेहको भाव व्यक्त गर्ने जस्ता कार्य हुने गर्दछन् । यस पर्वले दाजुभाइ र दिदीबहिनी बिचको सुमधुर सम्बन्ध स्थापना गर्ने कार्य गर्दछ ।
दिदीबहिनीले दाजुभाइलाई सेरलोटी, फलफुल, मिठाइ, ओखर, विमिरो, मखमली, सयपत्री एवम् दुबोको मालाका साथ दाजुभाइको सुख, समृद्धि, आरोग्य एवम् दीर्घजीवनको कामना व्यक्त गर्दै सप्तरङ्गी टीका लगाइदिने चलन छ । सयपत्री कहिल्यै रङ नउड्ने, मखमली कहिल्यै नओइलाउने, दुवो सधैँ हरियो रहने भएकोले मखमली, सयपत्री र दुवोको मालाको प्रयोग हुने गरेको छ । एकै पटकमा ओखर फुटाउनु पर्ने, काँडाबाट पार गरेर अमृतमय बाटोमा लान सकूँन भनेर कटुस फोर्ने, २१ ओटा दुवोको मुन्टा लिएर तेल र पानीले तीन वा सात पटक छेक्नु पर्ने जस्ता अनेकन सांस्कृतिक एवम् वैज्ञनिक कारणहरु फेला पार्न सकिन्छ । नौवटा ग्रहमध्ये राहु र केतुले राम्रो फल नदिने भएकोले ७ वटा ग्रहलाई मानेर सात रङको प्रयोग भएको पाइन्छ । सूर्यले रातो रङ, चन्द्रमा र शुक्रले सेतो, मंगलले कलेजी, बृहस्पतिले पहेँलो, शनिले निलो र बुधले हरियो रङको प्रतिनिधित्व गरेका छन् । त्यस्तै कतै सप्तऋषिहरुको नामसँग सप्तरङ्गी टीकालाई जोडेर हेर्ने गरिन्छ । टीका लगाएपछि दिदीबहिनीहरुले दाजुभाइलाई ढाकाटोपी लगाइदिन्छन् । ंदाजुभाइले पनि दिदीबहिनीलाई टीकामाला लगाइ आफ्नो गक्ष अनुसारको दक्षिणा, उपहार दिदीबहिनीको पाउमा राखेर ढोगिदिन्छन् ।
अयोध्यावासीले भगवान् श्रीरामको विजयोत्सवमा खुसी भएर रामको प्रसंसा गरेको ‘देव श्रीराम’ (हाम्रा राम देउता हुन)बाट देउ श्रीराम÷देउसीरे÷दिउसी सुरु भएको भन्ने मान्यता रहेको छ । सोही परम्परालाई अनुसरण गर्दै घरघरमा देउसीरे खेल्दै हिँड्ने चलन छ । विष्णु भगवान्ले पाताल पु¥याएका बली राजा तिहारको समयमा घुम्न आउने विश्वसका साथ वा बली राजा नआएर हामीलाई बलीराजाले पठाएर आएका भन्दै देउसीरे र भैली गीत गाएर देउसी भैलो खेल्ने गरिन्छ ।
यमपञ्चकले प्रकृति र मानिस बिचको सन्तुलन राख्नका लागि ठुलो सहयोग पु¥याउने गर्दछ । एकले अर्काको अस्थित्वलाई स्वीकार गरी माया, ममता, आपसी सद्भाव, एकता, बन्धुत्व जस्ता मानवीय भावना जागृत गराउँछ । समाजमा आदर, सत्कार, सम्मान गर्दै सामाजिका भावनाको विकासमा ठोस योगदान गर्ने भएकोले तिहारको महिमा स्तुत्य रहेको छ ।

(लेखदक रिलायन्स स्कुलमा नेपाली विषयको विभागीय प्रमुखको रुपमा कार्यरत रहेका छन् ।)

 

ShareTweetPin
अघिल्लो समाचार

आयुर्वेद उपचार सेवालाई उपेक्षा गरिएको गुनासो

अर्को समाचार

व्यावसायिक किवीखेती वैकल्पिक आम्दानीको स्राेत बन्देै

अर्को समाचार

व्यावसायिक किवीखेती वैकल्पिक आम्दानीको स्राेत बन्देै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.