Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

बजार अनिश्चितताले घट्दै चिराइतो खेती, किसान पलायनको जोखिम

ग्रीन इलाम ग्रीन इलाम
December 28, 2025
भित्र अर्थ, मुख्य समाचार
Reading Time: 1 min read
0 0
A A
0
बजार अनिश्चितताले घट्दै चिराइतो खेती, किसान पलायनको जोखिम
Share on FacebookShare on Twitter

फुङ्लिङ (ताप्लेजुङ), १३ पुस । ताप्लेजुङमा उत्पादन हुने चिराइतोले यस वर्ष अपेक्षित बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु ६५ हजारसम्म कारोबार भएको चिराइतो यस वर्ष भने बिक्री नै हुन नसकेको किसान र व्यापारी बताउँछन् ।मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ पेर्शाले गत वर्ष २० मन चिराइतो रु ४० हजारमा बिक्री गरेका थिए । व्यापारी घरमै आएर चिराइतो खरिद गरे पनि यस वर्ष भने सङ्कलन गरेर राखिएको चिराइतो खरिदका लागि कसैको सम्पर्क नआएको उनी बताउँछन् । “दाम कति हुन्छ भन्ने थाहा छैन, बिक्री हुन्छ कि हुँदैन भन्ने पनि अन्योलमै छ,” उनले भने ।

फक्ताङलुङ गाउँपालिका–६ आहालेका रामबहादुर ताम्मादेन विगत १५ वर्षदेखि चिराइतो खेतीमा संलग्न छन् । बीचमा वैदेशिक रोजगारीमा गएका उनी चिराइतोमा राम्रो सम्भावना देखेर पुनः गाउँ फर्किएका थिए । गत वर्ष मात्रै उनले १२५ मन चिराइतो खरिद गरी चीनको तिब्बत निर्यात गरेका थिए । “गत वर्ष तिब्बतमा प्रतिमन रु ४० देखि ६५ हजारसम्म मूल्य पाइयो,” उनले भने, “तर यस वर्ष कारोबार शून्यजस्तै छ ।”

उनका अनुसार यस वर्ष उत्पादनसमेत घटेको छ । अघिल्लो वर्ष एउटै गाउँबाट २०० केजीसम्म चिराइतो सङ्कलन हुने ठाउँमा अहिले १०० केजी पनि नपुगेको अवस्था छ । हाल गाउँघरमा चिराइतो प्रतिमन (४० केजी) रु १७ देखि १८ हजारमा खरिद–बिक्री हुने गरेको व्यापारी राम ताम्मादेनले बताए ।

चिराइतो मुख्यतः ताप्लेजुङको तिप्ताला नाका हुँदै तिब्बतमार्फत चीन निर्यात हुँदै आएको छ । कोभिड–१९ का बेला नाका बन्द हुँदा निर्यात ठप्प भएपछि किसानले ठूलो क्षति बेहोरेका थिए । बजार नपाएपछि धेरै किसानले चिराइतो खेती छाडेको बताइन्छ । यद्यपि गत वर्षदेखि नाका खुलेसँगै पुनः निर्यात सुरु भएको भए पनि यस वर्ष भने माग कमजोर देखिएको व्यापारीको भनाइ छ ।

विगतमा ठूलो मात्रामा चिराइतो उत्पादन हुने फक्ताङलुङ–६ किसोङवाका केरसिं लिम्बूले मूल्यको अनिश्चितताका कारण चिराइतो खेती छाडेको बताए । “हरेक वर्ष मूल्य घटबढ भइरहन्छ, निश्चित बजार नहुँदा किसान निरुत्साहित हुँदै गएका छन्,” उनले भने । किसोङवा, लुङथुङ, लावाजेनजस्ता गाउँमा अहिले उत्पादन निकै घटेको छ ।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गत आर्थिक वर्ष जिल्लाबाट पाँच हजार ८२० केजी चिराइतो निकासी भएको थियो । आव २०७९/८० मा पाँच हजार ८०० केजी उत्पादन हुँदा रु ८७ हजार राजस्व सङ्कलन भएको थियो । आव २०७७/७८ मा भने १६ हजार ३०० केजी चिराइतो सङ्कलन हुँदा रु दुई लाख ४४ हजारभन्दा बढी राजस्व उठेको तथ्याङ्क छ । यसले पछिल्ला वर्षहरूमा चिराइतो उत्पादन घट्दो क्रममा रहेको देखाउँछ ।

व्यापारीका अनुसार चिराइतो सङ्कलन र निकासी प्रक्रियामा झन्झटिलो प्रक्रिया, ढुवानी कठिनाइ र बजारको अनिश्चितता मुख्य चुनौती बनेका छन् । चिराइतो झार वर्गको वनस्पति भए पनि २८ महिनापछि मात्रै सङ्कलन योग्य हुन्छ। एकपटक लगाएपछि भने हरेक वर्ष पुनः रोप्न नपर्ने किसान बताउँछन् ।

नेपालमा उत्पादन हुने चिराइतोको करिब ९० प्रतिशत विदेश निर्यात हुन्छ । वनस्पति विभागका अनुसार कुल निर्यातमध्ये करिब ८० प्रतिशत भारतमा र बाँकी चीनसहित युरोप तथा एसियाका विभिन्न देशमा जाने गर्दछ । आयुर्वेद, युनानी, होमियोप्याथी र तिब्बती चिकित्सामा चिराइतो ज्वरोनाशक, पित्तनाशक, बलवर्द्धक र छालारोग उपचारका लागि प्रयोग हुँदै आएको छ ।

ShareTweetPin
अघिल्लो समाचार

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

अर्को समाचार

ताप्लेजुङकाे पाथीभरा क्षेत्रमा हिमपात

अर्को समाचार
ताप्लेजुङकाे पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङकाे पाथीभरा क्षेत्रमा हिमपात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.