Sunday, February 28, 2021
No Result
View All Result
Green Ilam
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
No Result
View All Result
Home खेलकुद लेख-विश्लेषण

लकडाउनमा आँखाको ख्याल राखौं : कम्प्युटर भिजन सिन्ड्रोमका ८ लक्षण र जोगिने ५ उपाय

ग्रीन इलाम by ग्रीन इलाम
April 23, 2020
in लेख-विश्लेषण
0 0
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp

बिपिन कोइराला

डिजिटल सामग्री हाम्रो जीवनको अभिन्न हिस्सा बनेका छन्। मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर, टेलिभिजन जस्ता डिजिटल वस्तुहरुको प्रयोगबिना हाम्रो दैनिकी सजिलो छैन।

पछिल्लो समय लकडाउनले गर्दा नेपालीबीच मोबाइल र ल्यापटपको प्रयोग ह्वात्तै बढेको पाइन्छ। यस्ता प्रविधियुक्त सामग्रीको प्रयोगले दैनिक जीवन सहज गराए तापनि लामो समयसम्म यस्ता सामग्रीको प्रयोगले आँखा र दृष्टिमा गम्भीर असर गर्ने गरेको पाइन्छ।

यस्ता समस्याबाट नेपाली समाजमा धेरै मनिसहरु अन्जान छन्। भिजन काउन्सिल नामक एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानमा विश्वमा हरेक मानिस औसतमा प्रत्येक दिन सात घण्टा कम्प्युटरजन्य सामग्री नजिक रहेर काम गर्ने गर्छन्। यही संस्थाको अनुसन्धान रिपोर्टका अनुसार अमेरिकामा मात्र ५०-८० प्रतिशत कम्प्युटर प्रयोगकर्तालाई कम्प्युटर भिजन सिन्ड्रोम नामक समस्याले पिरोलेको पाइन्छ। यो समस्या निकट भविष्यमा अझै बढ्ने अनुमान रहेको छ।

कम्प्युटर भिजन सिन्ड्रोम भनेको के हो?
मेडिकल भाषामा डिजिटल आई स्ट्रेन पनि भनिने यो समस्या लामो समयसम्म कम्प्युटरजन्य डिजिटल सामग्रीहरुको प्रयोगले गर्दा हुन्छ। यसरी कम्प्युटरको अत्यधिक प्रयोगले आँखा तथा दृष्टिमा आउने समस्यालाई एउटा नामले भन्दा कम्प्युटर भिजन सिन्ड्रोम भनिन्छ।

कम्प्युटर भिजन सिन्ड्रोम भएमा देखिने लक्ष्यणहरु केके हुन्?
यो सिन्ड्रोम भएमा धेरै खालका लक्ष्यणहरु देखिन्छन्। सबै मनिसमा सबै खालका लक्ष्यण देखिन्छन् भन्ने हुँदैन। यसरी देखिने लक्षणहरु मानिसले गर्ने काम र कम्प्युटरमा दैनिक बिताउने कुल समयमा पनि भरपर्छ।

१. आँखा थाकेको महसुस हुनु,
२. टाउको दुख्नु,
३. आँखा सुक्खा हुनु, आँसु बग्ने,
४. आँखा चिलाउने, बिझाउने, पोल्ने,
५. घाँटी, काँध तथा ढाड दुख्नु,
६. धेरै समय काम गरेपछि धमिलो देखिने र कहिलेकाहीं एक वस्तुलाई दुई वटा देखिनु,
७. कार्य क्षमता तथा कामप्रति रुचि घटेको महसुस हुनु,
८. रातिमा निद्रा घटेको महसुस हुनु,

किन हुन्छ कम्प्युटर भिजन सिन्ड्रोम?
डिजिटल आई स्ट्रेन हुनुमा तल उल्लेख गरिएका कुराहरुको ठूलो भूमिका रहेको पाइन्छः

१. ब्लु लाइट 
डिजिटल सामग्रीको स्क्रिनबाट आउने यो प्रकाश अलिक शक्तिशाली हुन्छ, त्यसैले गर्दा ब्लु लाइटलाई हाई इनर्जी भिजिबल लाइट पनि भनिन्छ। ब्लु लाइटसँगको अत्यधिक सम्पर्कले टाउको दुख्ने, आँखा थाक्ने जस्ता लक्षण निम्त्याउँछ। अनुसन्धानलाई आधार मान्ने हो भने ब्लु लाइटले हाम्रो शरीरमा हुने मेलाटोनिन नामक तत्वको मात्र कम गर्छ, जसले गर्दा राति निद्रा नलाग्ने जस्ता लक्षण देखिन्छ।

२. ग्लेर
स्क्रिनबाट आउने अत्यधिक उज्यालोपनले पनि आँखालाई असर गर्छ। यसरी हुने ग्लेरले आँखा थाक्ने, आँखा भारी हुने गराउँछ।

३. लामो समयसम्म नजिकको काम 
कम्प्युटर, मोबाइलको प्रयोग नजिक गरिने काममा पर्छन्। लामो समयसम्म नजिकको काम गर्दा आँखा भित्र र बाहिरका मांसपेसी थाक्ने हुँदा कम्प्युटर भिजन सिन्ड्रोमको समस्या झन् बढेर जान्छ।

४. आँखा कम झिम्क्याउनु 
सामान्यतः हामीले औसतमा १५/१६ पटक प्रति मिनेट आँखा झिम्क्याउँछौं। तर अनुसन्धानलाई आधार मानेर हेर्दा कम्प्युटरको काममा केन्द्रित भएको समयमा हामीले आँखा झिम्क्याउँने दर घटेको पाइएको छ। जसले गर्दा आँखा सुक्खा हुने, आँखा चिलाउने, बिझाउने, पोल्ने जस्ता लक्षण देखिन्छन्।

५. गलत मुद्रामा रहेर काम गर्ने
आफूले काम गर्ने वातावरण आफू अनुकूल हुन जरुरी हुन्छ। आफूले काम गर्ने ठाउँमा पर्याप्त मात्रामा उज्यालो भए/नभएको कुरा ख्याल गर्नुपर्छ। उज्यालोपन कम भए पनि वा धेरै भए पनि आँखालाई थकान महसुस हुन्छ। आँखा र स्क्रिन बीचको दूरी, कम्प्युटर स्क्रिन र आँखाको लेबल, आँखामा सिधै पर्ने फ्यानको हावा जस्ता कुराहरुमा ध्यान नदिँदा समस्या झन् बढेर जाने देखिन्छ। यसरी गलत मुद्रामा रहेर काम गर्दा घाँटी, काँध, ढाड दुख्ने तथा कार्य क्षमता घट्ने हुन्छ।

६. दृष्टिदोष 
दूरदृष्टि, अदुरदृष्टिले पनि कम्प्युटर भिजन सिन्ड्रोम हुनुमा भूमिका खेल्छन्। दृष्टिदोषले आँखामा झन् स्ट्रेस बढाउँछ।

कम्प्युटर भिजन सिन्ड्रोमबाट बच्ने तरिका केके छन्?
१. २०/२०/२० नियमको प्रयोगः जसमा २० मिनेट काम गरे पछि २० सेकेन्ड विश्राम तथा २० फिट टाढा रहेको कुनै वस्तुलाई केहीबेर हेर्ने भनिन्छ।

२. ब्लु रेज कट ग्लास वा एआरसी कोटेड चस्माको प्रयोगः यो चस्माको प्रयोगले आँखामा पुग्ने ब्लु रेज न्यूनीकरण गर्नुका साथै ग्लेर पनि कम गर्छ, जसले गर्दा आँखा थाक्ने कम हुन्छ र ब्लु रेजको नकारात्मक असरबाट पनि जोगिइन्छ।

३. कृत्रिम आँसु थोपाको प्रयोग
कृत्रिम आँसु थोपाको प्रयोगले आँखा सुक्खा हुन दिँदैन, जसले गर्दा आँखा पोल्ने, बिझाउने, चिलाउने कम हुन्छ। मेडिकलमा पाइने आँसु थोपा चिकित्सकको सल्लाह अनुसार वा कम्प्युटर प्रयोग गर्दा १र१ घण्टाको अन्तरमा प्रयोग गर्न सकिन्छ।

४. काम गर्ने वातावरण आफू अनुकूल र सहज बनाउनेः तल दिइएका केही बुँदाहरुलाई ध्यानमा राखी आफूले काम गर्ने वातावरण आफू अनुकूल बनाउन सकिन्छ।
क) कोठामा पर्याप्त उज्यालोको प्रयोग गर्ने,
ख) कम्प्युटरको स्क्रिनको उज्यालोपन र अक्षरको साइज आफू अनुकूल बनाउने,
ग) आँखा र स्क्रिन बीचको दूरी कम्तीमा २५ इन्च राख्ने
घ) काम गर्दा आँखामा सिधै पर्ने हावा वा झ्यालढोकाबाट आउने बाहिरी प्रकाशबाट जोगिने,
ङ) कम्प्युटरको स्क्रिन लगभग ३० डिग्री माथितिर ढल्काउने र स्क्रिनलाई आँखाको लेबलभन्दा अलिकति तलै राख्ने,
च) आफू काम गर्ने टेबल र कुर्सीको उचाइ आफूलाई सहज हुने गरी मिलाउने,

५. रेगुलर आँखा जाँच गराउने (लकडाउनको बेलामा होइन)
रेगुलर आँखा जाँच गराउँदा आँखाको पावर, आँखाको मांसपेसीको अवस्था, आँखामा आँसुको मात्राको जाँच गराउनु पर्छ।

प्रत्यक ६र६ महिनामा दृष्टि विशेषज्ञ वा नेत्ररोग विशेषज्ञद्वारा आफ्नो आँखा जाँच गराउनु उपयुक्त हुन्छ।

-कोइराला त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रमा अध्यनरत छन्। 

(यो लेख अमेरिकन ओप्टोमेट्रिक एसोसिएसनद्वारा निकालिएको रिपोर्टलाई आधार बनाएर लेखिएको हो।)

Tags: लकडाउनमा आँखाको ख्याल राखौं : कम्प्युटर भिजन सिन्ड्रोमका ८ लक्षण र जोगिने ५ उपाय
ShareTweetSend
Previous Post

कोरियाका इलामेहरुको प्रहरीलाई सर्जिकल माक्स सहयोग

Next Post

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या २१ पुग्यो

ग्रीन इलाम

ग्रीन इलाम

Related Posts

कोरानाको कहर उन्मुक्तिको उपाय
मुख्य समाचार

छाडा कार्यकर्ता, व्युत्पाते मौरी

August 27, 2020
कोरानाको कहर उन्मुक्तिको उपाय
मुख्य समाचार

हार्दिक श्रद्धान्जली छोडेर जानेहरुलाई

August 21, 2020
अकबरे खुर्सानीका १५ गुण
पत्रपत्रिकाबाट

अकबरे खुर्सानीका १५ गुण

August 19, 2020
Next Post
बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या २१ पुग्यो

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या २१ पुग्यो

Leave a Reply Cancel reply

  • Trending
  • Comments
  • Latest
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021
इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

January 5, 2021
कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

June 13, 2020
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

0
सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

0
सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

0
इलाम अस्पताल परिसर

इलाम अस्पताल परिसर

0
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

February 16, 2021
इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

January 27, 2021
विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

January 25, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021

ताजा समाचार

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

February 16, 2021
इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

January 27, 2021
विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

January 25, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस
Green Ilam

माई जोगमाई गाउपलिका, इलाम
027520661
9842741000
9842635187

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist