बैसाख १२, इलाम : अध्यादेशलाई लिएर पिएम ओलीमाथि ब्याक फायर भएपछि ओली गलेका छन् । उनले शुक्रबार मन्त्रीपरिषद्को बैठकमार्फत राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७७ र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको छन्। अध्यादेशका विषयमा पार्टीभित्रै र बाहिर पनि विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश खारेज गर्ने निर्णय गरेका हुन्।
बुधबार २० स्थायी कमिटी प्रभावशाली नेताहरुले अध्यादेशकै विषयमा पार्टीमा विवाद बढ्दै गएकाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउन अध्यक्षद्वय ओली र प्रचण्डलाई पत्र लेखेर माग गरेका थिए।
यसरी एक पछि अर्को गर्दै प्रधानमन्त्री ओली पार्टीभित्रैबाट अप्ठ्यारोमा पर्दै गएका थिए। दुवै अध्यादेश फिर्ता लिन शुक्रबार नेपाल विद्यार्थी संघले देशभर प्रदर्शन गरेको थियो भने पिएम ओलीलाई आन्तरिक रुपमै पार्टीपंक्तिबाट सामाजिक सञ्जालमा आलोचना गरिएको थियो ।