इलाम, ३ असोजः शहिद स्मृति प्रतिष्ठान इलामद्वारा स्थापित शशिकला स्मृति पुरस्कारबाट इलामकी पत्रकार रिता राराहाङ राई पुरस्कृत भएकी छिन् । संविधान दिवसको अवसरमा पहिलो पटक यो पुरस्कारबाट राराहाङ पुरस्कृत गरिएको हो । विसं. २०६० असोज २६ गते द्वन्दकालिन समयमा इलामको पुवामझुवामा साहित्यकार तथा पत्रकार शशिकला शर्माको मुठभेड़मा निधन भएको थियो ।
कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का महासचिव विवेक गौतमको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जिल्लास्थित पत्रकार संस्थाका प्रमुख एवम् प्रतिनिधि, नेकपा माओवादी केन्द्रका नेतृत्व वर्गको उपस्थिति रहेको थियो ।