इलामः यस वर्षको दिव्य पुरुषोत्तम मासको आजबाट बिधिवत समापन हुँदैछ । आज दिव्य पुरुषोत्तम मासको व्रतको उद्यापन अनि पुरुषोत्तम मासको उपलक्ष्यमा विभिन्न तीर्थस्थलमा लगाइएका पुरुषोत्तम आराधनात्मक सर्व सिद्धि श्रीमद्भागवत महायज्ञ अनि यज्ञादि पनि सागें गरिन्छ । यसका साथै नेपाल अनि भारतका विभिन्न ठाउँमा अधिक मासको समयमा पदयात्रा र परिक्रमा गर्ने चलन छ जसको पनि विधीवत अन्त्य आजैबाट हुनेछ । मलमास भनिएका कारणले आफ्नो स्वामित्वको खोजी गर्दै अधिक मासले बिलौना गरेपछि अधिक मासको स्वामित्व भगवान् विष्णु ले लिएको रोचक कथा छ । श्रीकृष्ण स्वयमले मलमासलाई आफ्नो हरेक गुणले भरिपूर्ण गरिदिने वचन दिएका कारणले मलमास विशेष मानिन्छ, अतः यस दुर्लभ पुरुषोत्तम मासमा दान पुण्य, व्रत बस्नाले अधिक फल प्राप्त हुन्छ ।
भविष्य पुराणका अनुसार भगवान् श्री कृष्ण स्वयमले अधिक मासमा व्रत लिने, दान पुण्य गर्ने अनि शरीर र आत्मा शुद्ध राख्नेलाई अनेकन् फल प्राप्त हुने, पाप र कष्ट मोचन हुने भनी उल्लेख गरेको छ। पद्म पुराणले पनि अधिक मास अनि श्री कृष्णलाई जोडेर वहाँकै शब्दमा हरेक मानवले अधिक मासमा दान पुण्य गर्न जरुरी रहेको बताएको छ र यसका साथै श्री कृष्णको अर्चना, भागवत गीताको पाठ अनि बत्ती या दियोको दान र प्रज्वलनलाई विशेष मानेको पाइन्छ ।
शकुनि, चतुष्पद, नाग व किंस्तुघ्न यी चार करणलाई रवि अर्थात् सूर्यको मल भनिने गरिन्छ तसर्थ यी कुराहरू सङ्क्रान्तिसँग जोडिएका हुनाले यस महिनाले मलमास पनि भनिएको हो । आजबाट मलमास, अधिक मास र पुरुषोत्तम मासको अन्त भएको छ ।
संक्षेपमा मलमास
सूर्यको गति अनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ। सौर्य मासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्र मासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्र मास हुन्छ। सामान्य रूपमा तिथिहरू चन्द्र मास अनि गतेहरू सौर्य मास भनेर बुझ्न सकिन्छ । यसरी सौर्य मासको गणनामा ३६५ दिनको एक वर्ष हुन्छ भने चन्द्र मासको गणनामा ३५४ दिनको एक वर्ष हुन्छ। यसरी प्रत्येक साल चन्द्र मास सौर्य मास भन्दा ११ दिनले पछि हुँदै आउँछ अनि ३ वर्षमा ३३ दिन ले चन्द्र मास र सौर्य मासको फरक पार्दछ जसलाई अधिक मास या मलमासले मिलाप गरिन्छ । यस वर्षको अधिक मास या मलमासको आज समापन हुँदै छ, आजबाट अबको ३ वर्षका लागि मलमास आउनेछैनन् । विसं ८० मा श्रावणमा मलमास परेकाले रक्षा बन्धन, सोह्र श्राद्ध, दसैँ र तिहार लगायत चाडपर्वहरू पछि सरेका हुन। मलमासमा नगरिएका शुभकार्यहरु विवाह, व्रतबन्ध आदि अब मलमासको समापन सँगै सुरु हुनेछन् । मलमासमा पानी बार्न माइत गएका पत्नीहरू आजबाट पुन घर फर्कने क्रम सुरु हुनेछ भने सामान्य मासहरू अब सुरु भएका छन् ।
हाम्रो पात्रोबाट