इलामः विकास निर्माणको काम सम्पन्न नगर्ने १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै १४ वटा कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो।
कार्यालयले कालोसूचीमा राखेका कम्पनीहरुलाई १ वर्षदेखि ३ वर्षसम्म सार्वजनिक काममा ठेक्का लिन नपाउने गरि कारबाही गरेको हो। बाबरी निर्माण सेवालाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।