इलाम, २१ कार्तिकः इलाम सदरमुकाम लगायत अन्य ठूला तथा साना बजारहरुमा तिहार पर्व लक्षित गरेर प्लाष्टिकका मालाहरु बलग्रेति बिक्रीका लागि राखिएको पाईएको छ ।
नेपाल सरकारले ०७९ साउन १२ गते राजपत्रमै सूचना प्रकाशन गर्दै प्लास्टिकजन्य फूलगुच्छाको बिक्री वितरणमा रोक लगायो । सोही सूचना अनुसार कात्तिक १ गतेदेखि आयातित सयपत्री मालामा पनि प्रतिबन्ध गरेको छ । तर, सरकारले आयातित प्लास्टिकजन्य फूलमाला प्रतिबन्ध गरे पनि बजारमा भने बिक्री वितरण घटेको छैन । हेर्नुस इलाम जिल्लाका विभिन्न पसलहरुमा यसरी मालाहरु बिक्री वितरण भईरहेको छ ।