इलाम, ९ पौष ः इलाम लगायत झापामा रहेको ७ वटा चिया बगान लिजमा लिने संघई ग्रुप अन्र्तगतको नेपाल चिया विकास निगम लिमिटेडले इलाम जिल्ला अदालतमा अनाधिकृत रुपमा बनाएको बाटो बन्द गराई पाउँ भन्दै मुद्दा दायर गरेको छ । गत मंसिर २९ गते जिल्ला अदालत इलाममा संघई ग्रुपका मालिक सुबासचन्द्र साँघाईले इलाम नगरपालिका र ७ नं. वडा कार्यालयलाई प्रतिवादी बनाई मुद्दा हालेको हो । आज इलाम नगरपालिका र ७ नं. वडा कार्यालयले प्रतिबादीको नाममा जारी भएको म्याद/इतलायनामा समेत बूझिसकेको जिल्ला अदालत इलामका एक कर्मचारीले ग्रीनइलाम डट कमलाई जानकारी दिए। चिया विकास निगमले इलाम नगरपालिका र वडा नम्बर ७ ले अनाधिकृत रुपमा बनाएको बाटो बन्द गराई क्षतिपुर्ति पाउँ भनेर मुद्दा दायर गरेको र सोको म्याद तामेली गर्न उक्त मितिबाट २१ दिन भित्र अदालतमा प्रतिउत्तर दिनको लागि वडा कार्यालयलाई पत्र बुझाएको हो ।
कुन ठाउँको बाटोको लागि मुद्दा हालिएको भन्ने चाहि खुल्न सकेन ।
Pic for atention