बैसाख १५, इलाम : प्रभु बैंक इलाम शाखाले इलाम नगरपालिकालाई कोरोनासँग लड्नका लागि चेक हस्तान्तरण गरेको छ । प्रभु बैंकले १७ हजार रुपैयाँको चेक इलाम नगरपालिका प्रमुख महेश बस्नेतलाई उपलब्ध गराएको हो ।
कोरोनासँग लड्नका लागि सहयोग गर्नुनै सामाजिक उत्तरदायित्व बहन गर्नु रहेको महसुस गर्दै बैंकले इलाम नगरपालिकाको कोरोना नियन्त्रण कोषमा सो रकम जम्मा गरेको हो । बैंकको नियमित कार्यक्रम कर्पोरेट सोसियल रेष्पोन्सिविलिटी अन्तरगत यस पटक कोरोना नियन्त्रण कोषमा जम्मा गरिएको हो । प्रमुख बस्नेतकै कार्यकक्षमा सो चेक हस्तान्तरण गरिएको प्रभु बैंकका शाखा प्रबन्धक रोसन संग्रौलाले ग्रीन इलामलाई जानकारी दिए ।
लकडाउनका कारण फुल स्विङमा बैंक सञ्चालन हुन नपाएपनि बैंकले यस बिषम परिस्थितिमा सहयोग गर्नु महत्वपूर्ण रहेको प्रतिक्रिया दिदै नगर प्रमुख बस्नेतले बैंकलाई धन्यबाद दिए ।